नयाँ वर्ष २०८३ आजदेखि शुरू

वीरगंज, १ वैशाख –

आजदेखि विक्रम संवत् २०८३ शुरू भएको छ। नयाँ वर्षलाई उत्साह, उमङ्ग र नयाँ सुरुआतका रूपमा देशभर हर्षोल्लासका साथ मनाइँदैछ।

वैशाख १ गतेलाई वर्षको पहिलो दिनका रूपमा मनाउने परम्परा अनुसार बिहानैदेखि एकआपसमा शुभकामना आदानप्रदान, पूजाआजा र विभिन्न सांस्कृतिक गतिविधि भइरहेका छन्।

आजकै दिन सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले मेष सङ्क्रान्तिको रूपमा पनि मनाइन्छ। सूर्यको गतिमा आधारित विक्रम संवत् वैज्ञानिक र प्राचीन संवत् मानिन्छ।

नयाँ वर्षको अवसरमा मानिसहरूले विगतको समीक्षा गर्दै नयाँ सङ्कल्प लिने चलन रहेको छ। बिहान नुहाउने, घर सफा गर्ने, मठमन्दिरमा दर्शन गर्ने र इष्टमित्रसँग भेटघाट गर्ने परम्परा देशभर प्रचलित छ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायतका विशिष्ट व्यक्तित्वहरूले सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः