पोखरा एभेन्जर्समा बङ्गलादेशी अलराउन्डर मेहदी हसन अनुबन्धित

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ५ –

बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखरा एभेन्जर्सले हसनलाई टोलीमा अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएको हो। आईसीसीको टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौँ स्थानमा रहेका ३१ वर्षीय हसनले बङ्गलादेशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन्।

हसनले बङ्गलादेश प्रिमियर लिगमा पनि विभिन्न ६ टोलीबाट खेलिसकेका छन्। एनपीएल उनको पहिलो विदेशी लिग हुने जनाइएको छ।

पोखराले यसअघि बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि तेस्रो संस्करणका लागि अनुबन्ध गरिसकेको छ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंमा सुरु हुने तालिका छ।

सम्बन्धित पोस्टहरुः