अमिताभ बच्चनलाई आराम गर्न चिकित्सकको सल्लाह, प्रशंसक चिन्तित

1200x150_1200x150-01.jpg (1)

मुम्बई , कार्तिक ४ –

बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनले आफ्नो स्वास्थ्यका कारण केही दिन आराम गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले आराम गरेर स्वास्थ्यमा सुधार ल्याउन समय दिन सल्लाह दिइएको जानकारी दिएपछि उनका प्रशंसक चिन्तित भएका छन्।

अमिताभले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् कि उनलाई केही दिन आराम गर्न र स्वास्थ्यमा सुधार ल्याउन समय निकाल्न भनिएको छ। त्यसैले तत्काल केही लेख्न नसक्ने भन्दै उनले प्रशंसकसँग क्षमा मागेका छन्।

यद्यपि, उनले आफ्नो स्वास्थ्यमा के समस्या देखिएको हो भन्नेबारे विस्तृत जानकारी दिएका छैनन्। उनलाई आराम गर्न चिकित्सकले कुन कारणले सल्लाह दिएका हुन् भन्ने पनि स्पष्ट भएको छैन।

यसैबीच, अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार भएको घटनापछि बलिउडका चर्चित कलाकारहरूको सुरक्षाबारे चर्चा भइरहेको छ। उक्त घटनाको अनुसन्धानका क्रममा अमिताभ बच्चनसहित केही चर्चित कलाकारका घरको रेकी गरिएको विवरण पनि भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका छन्।

तर अमिताभले स्वास्थ्यका कारण आराम गर्नुपर्ने बताएका पोस्टलाई उक्त गोली प्रहारको घटनासँग जोड्ने कुनै आधिकारिक पुष्टि भएको छैन।

अमिताभ बच्चनको सन्देशपछि उनका प्रशंसकहरूले सामाजिक सञ्जालमा स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

सम्बन्धित पोस्टहरुः