वीरगंज, १० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगंजस्थित ‘क’ वर्गका बैंकका प्रमुखहरू संग वीरगंजको माटोबाट बैंकहरूले कमाएको नाफाबाट सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरिने रकम (सिएसआर) वीरगंजकै समाजमा खर्च गर्न आग्रह गरेका छन् ।
आज साँझ कन्ट्री इन होटलको सभाकक्षमा वीरगंज अबस्थित क बर्गका बैंकका प्रदेश प्रमुखहरू र शाखा प्रमुख संगको छलफलमा सांसद पन्तले यस्तो आग्रह गरेका हुन ।
उनले आफुहरू चुनाव अघि र चुनाव पछि घरदैलो गर्ने क्रममा त्यहाँ देखेका स साना प्रयास र खर्चबाट पनि ठूलो परिणाम दिने सामाजिक कामहरू रहेको र सांसदहरू संग त्यस्ता कोष र श्रोत नहुँदा ती काम पूरा गर्न नसकेले त्यस्ता सामाजिक कार्यहरूमा हात बढाउन अनुरोध समेत गरेका थिए ।
छलफलको क्रममा बैन्कर्स संघका अध्यक्ष रोहिनी आचार्य लगायतका विभिन्न बैंकहरूका प्रदेश प्रमुख एबम शाखा प्रमुखहरूले करपोरेट सामाजिक उत्तर्दायित्व कोषको रकम निर्धारित क्षेत्रहरूमा सहकार्य गरेर सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन । छलफलमा नेपाल एसबीआइ बैन्क, सानिमा बैंक सिद्धार्थ, नेपाल इनभेस्टमेन्ट मेघा बैंक, कुमारी बैंक, ग्लोबल आइएमइ बैंकहरूका प्रदेश प्रमुख एबम प्राइम बैंक, हिमालयन बैंक, नबिल बैंक, एन एम बि बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक, प्रभु बैंक, एनआइसि एसिया बैंक लगायतका बैंकहरूका वीरगंजका प्रमुखहरूको उपस्तिथि थियो ।
कृष्ण पासवानले सहजीकरण गरेका उक्त छलफलमा रास्वपा क्षेत्रीय सभापति तेज सम्सेर जबरा, उपसभापति किशोर यादब, सचिब सुदिस प्रजापति, महमादिन आलम र सम्साद आलमको उपस्थिति रहेको थियो ।
नेपालको औद्योगिक व्यवसाय ऐन, २०७६ ले निश्चित मापदण्ड पुगेका ठूला उद्योग तथा कर्पाेरेट संस्थाहरूले आफ्नो वार्षिक खुद मुनाफा बाट १ प्रतिशत रकम कर्पाेरेट सामाजिक उत्तरदायित्व (सिएसआर) कोषमा जम्मा गर्नुपर्ने र सो रकम सामाजिक, वातावरणीय वा विकासमूलक कार्यहरूमा खर्च गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ।
यसले कम्पनीहरूलाई समाजसँग जोडिन, आफ्नो साख बलियो बनाउन र व्यापारिक सफलतासँगै सामाजिक कल्याण हासिल गर्न मद्दत पु¥याउँछ।






