search

प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार गर्दै

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज ६ असोज  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीका लागि सिफारिस गरेका पाँच जनाको शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे हुने भएको छ ।

प्रधानमन्त्री कार्कीले हिजो गरेका पाँच जनाको शपथ ग्रहण दिउँसो २ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ८० मा प्रधानमन्त्रीको सिफारिसमा नियुक्त मन्त्रीहरूले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको छ । आइतबार बालुवाटारमा बसेको सत्तारूढ नेताहरूसँगको छलफलपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीहरूको नाम टुङ्गो लगाएकी थिइन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्र सिफारिस भएकी छन् । उनी हालसम्म स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव थिइन् र मन्त्री बन्ने सम्भावना देखिएसँगै आइतबार पदबाट राजीनामा दिएकी हुन् । यद्यपि, उनको नामलाई लिएर अहिले विवाद सृजना भएको छ । उच्च स्रोतका अनुसार मिश्रको नाम प्रधानमन्त्री कार्कीले होल्ड गरेकी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिइने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा जगदीश खरेलको नाम सिफारिस गरिएको छ । इमेज मिडिया ग्रुपका समाचार प्रमुख रहेका खरेल सञ्चार क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि डा. मदन परियार सिफारिस भएका छन् । उनी विगतमा पनि सामाजिक अभियान र नीतिगत क्षेत्रमा संलग्न रहँदै आएका थिए ।

त्यस्तै, उद्योग तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त जिम्मेवारी पूर्व न्यायाधीश अनिलकुमार सिन्हालाई दिने निर्णय भएको छ । सिन्हा यसअघि सर्वोच्च अदालतका न्यायाधीश भइसकेका छन् र अब कार्यकारी भूमिकामा ल्याइँदै छ ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारमार्फत प्राविधिक, पेसागत र अनुभवी व्यक्तिहरूलाई समावेश गर्दै सरकारलाई कार्यक्षम र परिणाममुखी बनाउने रणनीति अघि सारेकी देखिन्छन् । नयाँ मन्त्रीहरूको शपथपछि सरकारको नयाँ संरचना स्पष्ट हुने र आगामी चुनाव, नीति तथा सेवा प्रवाहमा तीव्रता आउने अपेक्षा गरिएको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads