search

बाराबाट २३६ किलो गाँजासहित चालक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ असोज । २३६ किलो ७५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमवार बा २ ख ९५६९ नं. को मिनी ट्रकमा लोड गरिएको गाँजासहित ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० का ३८ वर्षीय रमेश रूम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् । प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा मकवानपुरबाट वीरगंज जाँदै गरेको मिनी ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले ढाकेर लुकाई छिपाई राखेको अवस्थामा २८ पोका लागु औषध गाँजा बरामद गरिएको जिप्रका, बाराले जनाएको छ । गाँजा, मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रनाउ पण्डितले जानकारी दिएका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads