search

spot_img
spot_img

प्रहरी बिट र चौकीलाई सहयोग

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल लिमिटेडका कर्मचारी तथा एलाइड यूथ क्लबका युवाहरूले मिलेर प्रहरी बिटलाई आवश्यक सामग्री उपलब्ध गराएका छन । टेबल, कुर्सी, दराज, पंखा, पानीको ट्यांकी, आवश्यक विद्युतीय सामग्री साथै तोडफोड भएका झ्याल र ढोकाहरू नयाँ जडान गरी भवनको रंगरोगन गरिएको हो । एलाइड यूथ सोसाइटीका संस्थापक ओमकुमार झा, नेता सुधीर पटेल लगायतले पुननिर्माण गरेका थिए । यसैगरी जेनजी आन्दोलनमा क्षतिग्रस्त गण्डक प्रहरी चौकीमा विभिन्न संघसंस्थाले सहयोग गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित प्रहरी चौकी सञ्चालनमा विभिन्न संघसंस्थाले आवश्यक सामानहरू सहयोग गरेको छ । उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र वीरगंज पब्लिक कलेजले संयुक्त रूपमा प्रहरी चौकीमा कुर्सी, टेबल, चापाकल, पानी तान्ने विद्युतीय मोटर, बेडसिट, डसना, तकिया,खाना पकाउने भाडाकुडा लगायतका समानहरू सहयोग गरिएको हो । सो अवसरमा उपकार सेवा नेपालकी अध्यक्ष बिद्याकुमारी सरावगी, सुमन बगेडिया, पदमादेवी सरावगी, प्राडा दीपक शाक्य लगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्साको डुबान क्षेत्रमा प्रशासनको नजर

वीरगंज, १९ असोज । पर्सा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगंजको सिर्सिया नदी लगायतका अन्य नदीले खतराको तह पार...

सम्बन्धित खबर

- Advertisement -neelambads