मौसममा सुधार, ठूलो वर्षा तत्काल नहुने

वीरगंज , चैत ९ –

अस्ति शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएसँगै आजदेखि मौसममा सुधार आएको छ। मौसमविद्का अनुसार गएरातिदेखि नै मौसममा सुधार देखिएको र आज पछिल्ला दिनजस्तो लगातार वर्षा नहुने बताइएको छ।

प्रि–मनसुनका गतिविधि भने कायम रहने भएकाले आज पनि मौसम आंशिक बदली रहनेछ। घाम लाग्ने र फेरि बदली हुने क्रम जारी रहने तथा तत्काल ठूलो र लामो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

आज देशको पहाडी र हिमाली भागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान र कोशी तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित पोस्टहरुः