स्वास्थ्य बीमा सेवा बन्दबारे संसदमा छलफल गर्ने– सांसद शाक्य

काठमाडौं, ५ वैशाख । पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य टेकबहादुर शाक्यले काठमाडौंस्थित सहीद गङ्गालाल राष्ट्रिय ह्दय केन्द्रमा उपचाररत पर्साका सञ्चारकर्मी शैलेश गुप्ताको आमालाई भेटघाट गरेका छन् ।

शनिवार अस्पताल पुगेका सांसद शाक्यले बिरामीको स्वास्थ्य अवस्थावारे चिकित्सकसँग जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । सांसद शाक्यले अस्पतालमा हाल स्वास्थ्य बिमा सेवा बन्द रहेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस्तो महत्वपूर्ण सेवा बन्द हुँदा बिरामी र उनीहरूको परिवारलाई आर्थिक रूपमा ठूलो समस्या परेको बताउँदै यस विषयलाई गम्भीर रूपमा लिएको बताए ।
सांसद शाक्यले स्वास्थ्य बीमा सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने र संसद अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या समितिमा यस विषयमा छलफल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्न राज्य संवेदनशील हुनुपर्ने धारणा राखे।
सञ्चारकर्मी गुप्ताले अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द रहेको जानकारी गराएपछि सांसद शाक्यले सो सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् ।
सम्बन्धित पोस्टहरुः