पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरणको माग

1200x150_1200x150-01.jpg (1)

पर्सा,५ जेठ –

नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठन गरिएको संघर्ष समितिले मंगलबार महासंघ नेतृत्वलाई ज्ञापनपत्र बुझाएको छ ।

संघर्ष समितिका संयोजक अनुप तिवारीले विधानविपरीत सदस्यता लिएका व्यक्तिहरूलाई हटाएर योग्य र सक्रिय पत्रकारलाई सदस्यता दिनुपर्ने माग गर्नुभएको छ ।

समितिले तीन दिनभित्र सदस्यता छानबिन र नयाँ सदस्यता वितरण प्रक्रिया अघि नबढाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

ज्ञापनपत्रमा महासंघले आफ्नो गरिमा जोगाउन विधान, विधि र पद्धतिअनुसार काम गर्नुपर्ने उल्लेख गरिएको छ । विगतमा गठन गरिएको कार्यदलले तय गरेका मापदण्डअनुसार शुद्धीकरण अभियान सञ्चालन भएको स्मरण गराउँदै त्यसलाई निरन्तरता दिन आग्रह गरिएको छ ।

संघर्ष समितिले वीरगंजस्थित महासंघ कार्यालय पुगेर पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल लाई ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा महासंघ र संघर्ष समितिका पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरुः