search

spot_img
spot_img

वीरगंजमा निकालियो सदभाव र्याली, सदभाव बिथोल्नेलाई कारबाही गरिने– वक्ताहरु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ असोज । वीरगंजमा धार्मिक सहिष्णुता कायम गर्न सदभाव र्याली निकालिएको छ ।
मलंगवामा गत बिहीवार गणेश चर्तुथीको मूर्ति सेलाउन क्रममा दुर्ई समुदायबिच भएको भिडन्तको घटनालाई लिएर वीरगंजमापनि तीनदिन यतादेखि तनाव भइरहेकोमा सोमवार वीरगंज महानगरपालिकाको अगुवाईमा सद्भाव रयाली निकालिएको हो । आदर्शनगरस्थित स्वीमिङ पुल परिसरबाट शुरू भएको ‘सद्भाव रयाली’ पशुपति घोष चोक,आदर्शनगर चोक, घडीअर्वा, माईस्थान चोक, घण्टाघर चोक हुदैं नगर परिक्रमा गरेको थियो ।
सद्भाव रयाली’ मा सहभागीहरूले ‘धार्मिक सद्भाव कायम गरौंै ’ सामुदायिक सदभाव कायम राखौं’ ‘हिन्दूू–मुस्लिम भाई भाई’ लगायतका नारापनि लगाएका थिए ।
नगरपक्रिमापछि जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो ।वीरगंज महानगरका मेयर राजेशमान सिंहले सहायक प्रजिअ शीव प्रसाद लम्साललाई ज्ञापनपत्र बुझाउँदै वीरगंजमा धार्मिक उन्माद बढाउने, सदभाव विगार्ने तथा शान्ति सृुरक्षामा खलल पुग्ने गरी जनजीवन प्रभावीत पारी अशान्ती मच्चाउने व्यक्ति तथा समुह सक्रिय रहेकोले त्यस्ता उच्छृङखल गतिविधिमाथि संलग्न जुनसुकै धर्मको जोसुकै भएपनि कानुनी कारबाईको दायरामा ल्याउन माग गरे ।
वीरगंजमा सदियौंदेखि हिन्दु र मुस्लीमबिच आपसी सद्भाव र भाईचारा रहिआएकोमा केहि समयदेखि दुवै समुदायका चाडपर्व, सभा, जुलुस तथा जात्रामा दुवै धर्मावलम्बीका केहि सिमित व्यक्तिहरूबाट आपसी सद्भाव र भाईचारा विथोल्ने गरी धार्मिक सहीष्णुता विरूद्द अवाञ्छीत गतिविधि गर्ने क्रम बढ्दै गएको,समाजमा रहेको अमनचयन र शान्ती भङ्ग गर्न क्रियाशिल त्यस्ता उच्छृङखल व्यक्तिहरूले सामाजिक सञ्जालको दुरूपयोग गरी समाजलाई भड्काउने, विभाजीत गर्ने र कुनै धर्म तथा समुदायलाई उक्साउने र धार्मिक द्वन्द्व बढाउने खालका श्रब्य दृष्य सामाग्रि समेत पोष्ट गरीरहेकोले त्यस्ता व्यक्ति तथा समुह विरूरू साईबर अपराध तथा कडा कानुनी कारबाईको लागि माग गर्दछौं, ज्ञापनपत्रमा उल्लेख छ ।
सद्भाव ¥यालीमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँँ,, नेपाली कांग्रेसका नेता श्याम पोखरेल, जनमत पार्टीका नेता शशीकपुर मियाँँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगंज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टी वीरगंज महानगरका अध्यक्ष मनोज चौधरी लगायतकोपनि सहभागीता थियो । आयोजित कोणसभामा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले भने, धर्मको नाममा समाजमा द्वन्द्व फैलाउन खोज्ने, सामुदायिक सद्भाव बिथोल्न खोज्ने, उच्छृंखल गतिविधी गर्ने जुन सुकै धर्मको व्याक्ति भएपनि उसलाई प्रहरी प्रशासनले कानूनी दायरामा ल्याएर कारबाई गर्नैपर्छ । यादवले धर्मको नाममा समाजमा भाइचारा बिथोल्न खोज्नेहरूबाट सचेत रहन वीरगंजवासीलाई आग्रहपनि गरे । सामाजिक सद्भावलाई कायम गरेर समाजमा विद्रोह हुनबाट बचाउनुपर्नेमा उनले जोडदिए । सदियौदेखि कायम धार्मिक सहीष्णुतालाई बिथोल्ने, धर्मको नाममा समाजलाई भाँड्ने काम नगर्न उनले सुझावपनि दिए । उनले भने,‘ मपनि यहिु वीरगंजकै जनताको मतबाट दुर्ई पटक सांसदमा निर्वाचित भए । कहिल्यैपनि धार्मिक विभेद भएको थिएन । तर पछिल्लो समयमा भने जुलुश निकालेर, प्रदर्शन गरेर, सामाजिक सञ्जालमार्पmत लेखेर उच्छृंख गतिविधि भइरहेका छन् । यो दुखद हो ।
नेकपा एमाले पर्साका संयोजक डाक्टर बिशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे ।समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ती प्रक्रियामा खलल गर्नेहरूलाई कानुनको दायराभित्र ल्याई कारबाई गर्न उनले ध्यानाकर्षण पनि गराए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads