search

spot_img
spot_img

एसबिआई बैंकको पोस मेसिन प्रयोग गरेपछि डेढ करोड रुपैयाँ हरायो

पढ्न छुटाउनुभयो ?

काठमाडौं। नेपाल एसबिआई बैंकको पोस (पोइन्ट अफ सेल्स) मेसिन प्रयोग गरेर रकम हिनामिना भएको छ।
ड्रागन इन्भेस्टमेन्ट कम्पनीले केही समयदेखि पोस मेसिन प्रयोग गर्दै आएको थियो। मेसिनबाट दुई पटकमा १ करोड ५३ लाख ७२ हजार ४ सय २६ रुपैयाँ प्रयोग गरिएको थियो।
नयाँ बजारमा थान्का र मूर्तिको कारोबार गर्ने किसनराज सिंहले एसबिआई बैंक ठमेल शाखाबाट कारोबार गर्ने पोस मेसिन लिएका थिए।
मेसिनबाट दुई पटकमा भिसा कार्डबाट २८ हजार ८ सय २५ डलर र मास्टर कार्डबाट ८६ हजार ९ सय ५० रुपैयाँ जम्मा गरेका थिए।
विदेशी नागरिकको कार्डबाट दुई पटकमा युरोपको बैंकबाट रकम नोष्ट्रो एकाउन्टमा जम्मा हुन्छ। त्यसपछि त्यहाँको रकम एसबिआई बैंकमा आउँछ। बैंकमा आएपछि रकम किसनले झिकेका थिए।
तर खाताको रकम क्लेम आएपछि युरोपको बैंकले नोष्ट्रो एकाउन्ट र नोष्ट्रोले एसबीआइ बैंकबाट फिर्ता लिएको थियो। तर एसबिआइ बैंकले किसनबाट रकम नपाएपछि बैंकको रकम डुबेको हो।
किसनले रकम फिर्ता नगरेपछि बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा उजुरी दिएको थियो।
‘मेसिन लिँदाखेरि किसनले बैकसँग रकम चार्ज ब्याक भए तिर्ने सहमति भएको रहेछ। तर रकम नदिएपछि बैंकले उजुरी दिएको हो,’ सीआइबी स्रोतले भन्यो।
प्रहरीको बयानमा किसनले दुई जना विदेशी आएर सामान किनेर कार्डबाट कारोबार गरेको बताएका छन्। तर उनीहरू त्यहाँ आएको प्रहरीको अनुसन्धानमा भने खुल्दैन। त्यसैले शंका लागेर प्रहरीले अनुसन्धान गरिरहेको छ। उनले अन्य बैंकको पोस मेसिन समेत प्रयोग गरेकोमा केही दिनमा नै बन्द भएको खुलेको छ।
‘अरु बैंकले पनि केही दिनमा नै मेसिन बन्द गरेको देखियो,’ अनुसन्धान अधिकृतले सुनाए। हिनामिनामा बैंक आफ्नै पनि कमजोरी रहेको देखिन्छ।
प्रहरीले उनको कार्यालयबाट क्रिप्टोकरेन्सीमा प्रयोग हुने मेसिन समेत बरामद गरेको छ। तर उनले त्यो मेसिन के प्रयोजनको लागि प्रयोग गरे भन्ने खुलेको छैन।
रकम हिनामिनाको विषयमा कुराकानी गर्न बैंकका सूचना अधिकारीदेखि अन्य कोही कर्मचारी पनि सम्पर्कमा आएनन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

गण्डक नहरमा पानी आयो,किसान हर्षित

राधेश्याम पटेल, परवानीपुर, १६ असार । नारायणी सिचाईँ व्यवस्थापन कार्यालय वीरगंजको गण्डक नहरमा शनिवारदेखि पानी आएको छ । हाल ७...

सम्बन्धित खबर

- Advertisement -neelambads