साउथजोन माविका विद्यार्थीलाई लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

1200x150_1200x150-01.jpg (1)

वीरगंज । साउथजोन माविले लागुऔषधको दुव्र्यसनका कारण व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक प्रभाववारे विद्यार्थीलाई सचेत गराउन चलचित्र देखाएको छ ।
त्रिमूर्ति सिनेमा हलमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई चलचित्रमार्फत लागुऔषधको दुरूपयोगबाट हुने स्वास्थ्य तथा सामाजिक जोखिम, गलत संगतबाट टाढा रहनुपर्ने आवश्यकता तथा स्वस्थ र जिम्मेवार जीवनशैली अपनाउनुपर्ने विषयमा विद्यार्थीलाई जानकारी गराइयो ।
विद्यार्थीको शैक्षिक विकाससँगै सामाजिक चेतना र जिम्मेवारीको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः