राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव शमानी रास्वपामा प्रवेश

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक ५ –

पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दिन शमानी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले रास्वपाको अनलाइन प्रणालीमार्फत साधारण सदस्यता लिएका हुन्।

शमानीले आगामी स्थानीय तहको निर्वाचनमा पोखरिया नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने लक्ष्य राखेको बताएका छन्। उनले नगरको विकास र जनताको समस्या समाधानलाई प्राथमिकता दिने बताएका छन्।

सामाजिक कार्यमा समेत सक्रिय शमानीको रास्वपा प्रवेशसँगै पोखरियाको स्थानीय राजनीतिमा उनको भूमिकाबारे चर्चा सुरु भएको छ। यद्यपि, रास्वपाले उनलाई नगर प्रमुखको आधिकारिक उम्मेदवार घोषणा गरिसकेको छैन।

सम्बन्धित पोस्टहरुः