अम्बे स्टिलमा आगलागी, १ करोड ५६ लाखको क्षति

1200x150_1200x150-01.jpg (1)

बाँके , कार्तिक ५ –

बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।

प्रहरीका अनुसार बिहीबार बिहान करिब १ः३० बजे उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट भई आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

२ लाख लिटर क्षमताको ट्यांकीमा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा बिहान करिब २ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः