भैसही बजारबाट लागुऔषधविरुद्ध कडा खबरदारी

1200x150_1200x150-01.jpg (1)

 रौतहट — फतुवा विजयपुर नगरपालिकाको भैसही बजारमा “लागुऔषध त्यागौँ, स्वस्थ रहौँ; युवा बचाऔँ, देश जोगाऔँ” भन्ने मूल नाराका साथ जेन्जी युवा, विद्यार्थी, बुद्धिजीवी तथा स्थानीयवासीको सहभागितामा सचेतनामूलक र्‍याली सम्पन्न भएको छ।

कार्यक्रममा करिब १०० जना विद्यार्थी र ३० जनाभन्दा बढी जेन्जी युवासहित स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। र्‍यालीका सहभागीहरूले बजार परिक्रमा गर्दै लागुऔषधविरुद्ध ऐक्यबद्धता प्रकट गरेका थिए।

विशिष्ट उपस्थिति

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रौतहटमा लागुऔषधविरुद्ध अभियान सञ्चालन गर्दै आउनुभएका जेन्जी अभियन्ता शैलेन्द्र यादव, फतुवा विजयपुरमा सामाजिक अभियानमा सक्रिय कुन्दन कुशवाहा, समाजसेवी हबिब अफ्रिदी, सचेतनामूलक अभियानका अभियन्ता अबिन्द्र साह, गुजरा नगरपालिका लगायत जिल्लाभर सामाजिक अभियानमा सक्रिय अब्दुल सलाम, सामाजिक अभियन्ता सुनिल कुमार यादव र भुपेन्द्र कुमार राम लगायतको उपस्थिति रहेको थियो।

मुख्य सन्देश एवं आह्वान

लागुऔषधले व्यक्ति, परिवार, समाज र देशको भविष्यमै गम्भीर असर पार्ने भएकाले यसको जोखिमबारे सजगता अपनाउन अभियानले निम्न मुख्य सन्देश जारी गरेको छ:

  • स्वस्थ जीवन: लागुऔषधबाट टाढा रहौँ, स्वस्थ जीवन अपनाऔँ।

  • सकारात्मक रोजाइ: साथीभाइको गलत दबाबमा नपरौँ।

  • बालबालिका र युवामा सचेतना: युवा तथा बालबालिकालाई यसका दुष्परिणामबारे सचेत गराऔँ।

  • सम्बन्धित निकायलाई खबरदारी: अवैध कारोबार देखेमा आफैँ जोखिम नमोली प्रहरी वा सम्बन्धित निकायमा सूचना दिऔँ।

  • उपचार र पुनर्स्थापना: दुर्व्यसनमा परेकालाई घृणा होइन, उपचार र पुनर्स्थापनामा सहयोग गरौँ।

भर्खरै

सम्बन्धित पोस्टहरुः