पारिश्रमिक विवादमा दुर्गेश र आनन्द कार्कीबीच असमझदारी

1200x150_1200x150-01.jpg (1)

काठमाडौं , कार्तिक १२ —

चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ को पारिश्रमिकलाई लिएर गायक दुर्गेश थापा र वरिष्ठ गायक आनन्द कार्कीबीच विवाद देखिएको छ।

केही दिनअघि एक अन्तर्वार्तामा कार्कीले गीत गाएबापत समयमै पारिश्रमिक नपाएको गुनासो गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा आलोचना बढेपछि दुर्गेशले सहमतिअनुसार पारिश्रमिक भुक्तानी भइसकेको भन्दै हस्ताक्षरसहितको कागजात सार्वजनिक गरेका थिए।

यस विषयमा पुनः प्रतिक्रिया दिँदै कार्कीले रकमभन्दा पनि भुक्तानीमा भएको ढिलाइ र संवादको अभावप्रति आफ्नो असन्तुष्टि रहेको स्पष्ट पारेका छन्। उनका अनुसार पारिश्रमिक प्राप्त गर्न करिब एक वर्ष कुर्नुपरेको थियो।

कार्कीले गीतका लागि २५ हजार रुपैयाँ प्राप्त गरेको बताएका छन्। साथै चलचित्र ‘रङ्गी’ मा गाएको गीतको पारिश्रमिक अझै नपाएको उनको गुनासो छ। दुर्गेशले भने उक्त गीतको भुक्तानीको जिम्मेवारी चलचित्र निर्माण पक्षको रहेको दाबी गरेका छन्।

कार्कीले आफ्नो उद्देश्य कसैलाई बदनाम गर्नु नभई कलाकारको श्रम, पारिश्रमिक र व्यावसायिक जिम्मेवारीप्रति ध्यानाकर्षण गराउनु रहेको बताएका छन्।

उनले दुर्गेशको सफलताको कामना गर्दै कलाकारको श्रम र आपसी प्रतिबद्धताको सम्मान गर्न आग्रह गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः