मुस्ताङमा एक अर्ब १५ करोड बराबरको स्याउ उत्पादन

1200x150_1200x150-01.jpg (1)

मुस्ताङ , कार्तिक १२ —

हिमाली जिल्ला मुस्ताङमा यस वर्ष करिब एक अर्ब १५ करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ।

कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाका पाँच स्थानीय तहको ६६२ हेक्टर क्षेत्रफलमा सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको हो।

कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार उत्पादित स्याउमध्ये ९५९ दशमलव ६२ मेट्रिक टन हाइब्रिड र छ हजार ७८ दशमलव ९२ मेट्रिक टन स्थानीय जातका छन्।

उत्पादित स्याउमध्ये करिब ९४ करोड ८१ लाख रुपैयाँ बराबरको जिल्लाबाहिर निकासी हुने अनुमान छ भने १७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको स्याउ जिल्लाभित्रै खपत भएको छ।

गत वर्ष मुस्ताङमा छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यस वर्ष उत्पादन पाँच दशमलव २९ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ।

मुस्ताङमा हाल ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार गरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः