प्रसौनी गाउँपालिकामा १० शय्याको नवनिर्मित प्राथमिक अस्पतालको उद्घाटन

1200x150_1200x150-01.jpg (1)

बारा – प्रसौनी गाउँपालिकामा नवनिर्मित १० शय्याको प्राथमिक अस्पतालको एक भव्य समारोहबीच औपचारिक उद्घाटन गरिएको छ।

प्रसौनी स्वास्थ्य चौकी परिसर, प्रसौनी, बारामा आयोजित उद्घाटन कार्यक्रममा यस अस्पताल निर्माण परियोजनाको कुल लागत ७ करोड ४७ लाख रुपैयाँ रहेको छ।

कार्यक्रमको अध्यक्षता १ नं. वडा अध्यक्ष लालबाबु मुखियाले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रूपमा विनोद प्रसाद जसवालको आतिथ्यता रहेको थियो।

त्यस्तै, कार्यक्रममा विशेष उपस्थिति जनाउनेहरूमा २ नं. वडा अध्यक्ष  हृदय साह, ३ नं. वडा अध्यक्ष छोटेलाल साह, ७ नं. वडा अध्यक्ष इस्लाम मियाँ तथा प्रशासकीय अधिकृत पवन केसरी लगायत विभिन्न वडाका वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नवनिर्मित यस १० शय्याको अस्पताल सञ्चालनमा आएसँगै प्रसौनी गाउँपालिका तथा आसपासका बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित पोस्टहरुः