फर्मुला वानका सबैभन्दा कान्छा विश्व च्याम्पियन बने किमी एन्टोनेली

1200x150_1200x150-01.jpg (1)

एजेन्सी , कार्तिक १६ —

इटालीका किमी एन्टोनेली फर्मुला वान (एफवान) इतिहासकै सबैभन्दा कान्छा विश्व च्याम्पियन बनेका छन् । मेक्सिको सिटी ग्रान्ड प्रिक्समा मर्सिडिजका लागि तेस्रो स्थान हासिल गर्दै उनले २० वर्ष ६८ दिनको उमेरमा विश्व उपाधि जितेका हुन् ।

एन्टोनेलीले जर्मनीका सेबास्टियन भेटेलको कीर्तिमान तोडेका छन् । भेटेलले सन् २०१० मा २३ वर्ष १३४ दिनको उमेरमा विश्व उपाधि जित्दै सबैभन्दा कान्छो च्याम्पियनको कीर्तिमान बनाएका थिए । एन्टोनेलीले उक्त कीर्तिमान तीन वर्षभन्दा बढीले तोडेका हुन् ।

उनी सन् १९५३ मा अल्बर्टो अस्करीपछि फर्मुला वानको विश्व उपाधि जित्ने पहिलो इटालेली ड्राइभरसमेत बनेका छन् ।

मर्सिडिजको जुनियर कार्यक्रमबाट आएका एन्टोनेलीले सन् २०२५ को सिजनमा लुइस ह्यामिल्टनको स्थान लिँदै टोलीबाट एफवानमा डेब्यु गरेका थिए । दोस्रो सिजनमै उत्कृष्ट प्रदर्शन गरेका उनले सन् २०२६ मा नौवटा ग्रान्ड प्रिक्स रेस जित्दै चार रेस बाँकी छँदै विश्व उपाधि पक्का गरेका हुन् ।

एफवानमा प्रवेश गर्नुअघि उनले इटालियन एफफोर, एडीएसी एफफोर (२०२२) र फर्मुला रिजनल (२०२३) जस्ता जुनियर प्रतियोगिताको उपाधि जितेका थिए ।

सम्बन्धित पोस्टहरुः