search

अर्थतन्त्र सबल बनाउन कुनै पार्टी नलागेको लामिछानेको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अर्थतन्त्र सबल बनाउन कुनै पार्टी नलागेको आरोप लगाएका छन् ।
वीरगंजमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले अहिले देशमा गणतन्त्र, लोकतन्त्र, राजतन्त्र सबल बनाउन सोच्नेहरुले देशको अर्थतन्त्रको बारेमा सोच्नुपर्ने बेला आएको बताए ।
उनले मधेसमा रोजगारीको व्यवस्था गरी वैदेशिक रोजगारमा जाने युवाहरुलाई रोक्न सकिने बताए । मधेसका उद्योग कलकारखानाहरू बन्द भएकोमा दुःख व्यत्तः गर्दै उनले उद्योगधन्दा सुचारु गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
पर्साका संयोजक दिलीप कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विपी अर्याल, सांसद मनीष झा, केन्द्रीय सदस्य दीपक बोहरा, उपसंयोजक तुलसी अधिकारी, हरि पन्तलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads