search

पर्सा, बाराका क्यासिनोहरुमा अवैधरुपमा नेपालीहरु खेल्दै

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ मंसिर ।
पर्सा र बाराका तारे होटलहरूमा सञ्चालित क्यासिनोहरूमा नेपालीहरूको प्रवेश हुने गरेको पाइएको छ। नेपालीहरूलाई क्यासिनो प्रवेशमा रोक रहे पनि बारा जिल्लाको पाँचतारे होटल इच्छामा रहेको स्माइल कलेक्सन प्रालि, पर्सा जिल्लाको वीरगंज महानगरमा रहेका क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्गस कलेक्सन प्रFलि, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वामा रहेको सेन्ट्रल मिडिया गु्रपको ह्याप्पी आवर क्यासिनोमा जुवा खेल्ने अधिकांश नेपाली रहने गरेको स्रFेतले जनाएको छ।
क्यासिनोमा नेपालीहरूलाई प्रवेश निषेध छ। भारतीयलगायत विदेशीहरूले पहिचानपत्रसहित क्यासिनोमा प्रवेश गर्न पाउने व्यवस्था छ। नेपाली वर्जित भएपनि सोको दुरुपयोग गरेर क्यासिनो चलाउन नेपालीहरूलाई प्रवेश दिने गरिएको छ। ती क्यासिनोहरूका ग्राहकमा ८० प्रतिशतभन्दा बढी नेपालीहरू हुने गरेको स्रोतले जनाएको छ। ती क्यासिनोहरूमा लाख, करोड मूल्यसम्मको जुवा हुने गरेको र त्यसमा वीरगंज, कलैया, जीतपुर, निजगढ, सिमरालगायतका क्षेत्रबाट नेपालीहरू जुवा खेल्न आउने गरेका बताइन्छ।
क्यासिनोमा आधुनिक मेशीन उपकरणबाट जुवा खेलाउनुपर्ने नियमावली रहे पनि अहिले यी क्यासिनोहरूमा अवैध तरीकाले तास पनि खेलाइन्छ। तासका खेलहरूमा फ्लास, किट्टी, म्यारिजलगायत खेलाइन्छ। ती क्यासिनोमा ठूलो परीमाणमा नेपालीहरूको प्रवेशसँगै उनीहरू लाखौं, करोडौं रुपैयाँ हारेर बिल्लबाठ भएका घटनाहरू पनि सार्वजनिक भएका छन्।
बैंककर्मी, बीमाकर्मी र विभिन्न व्यापार–व्यवसायमा रहेका व्यक्तिहरूका साथै सरकारी कर्मचारीहरू उल्लेख्य सङ्ख्यामा क्यासिनोमा जाने गरेका स्रोतले जनाएको छ। बारा र पर्सा जिल्लामा गरेर पाँचवटा क्यासिनो सञ्चालनमा छन्। क्यासिनोमा नेपालीहरू प्रवेश हुन नदिन सम्बन्धित क्यासिनो सञ्चालकहरूले जिम्मेवारी लिनुपर्नेमा उनीहरूले क्यासिनो चलाउन नेपालीहरूलाई नै मुख्य ग्राहक बनाएका छन्। त्यसैगरी, सोको अनुगमन गर्नुपर्ने सुरक्षा निकाय क्यासिनो सञ्चालकहरूका प्रभावमा रहेकोले थुप्रै नेपाली घरपरिवार बिचल्लीमा पर्ने गरेका छन्।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads