search

spot_img
spot_img

उखुको मूल्य निर्धारण नहुँदै किसानले सस्तोमा उखु बेच्न थाले

पढ्न छुटाउनुभयो ?

सर्लाही। सर्लाहीमा उखुको मूल्य निर्धारण नहुँदै किसानले सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न थालेका छन्।
जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसानले सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न थालेका हुन्।सर्लाहीमा इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई करोडौँ रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
ठूला उद्योगले समयमै भुक्तानी नदिँदा किसानले उखु सस्तोमा सक्खर उद्योगलाई बेच्न थालेका हुन्।सर्लाहीका चिनी मिल पनि समयमा सञ्चालन नहुदा किसानले मुसुरो, गहुँ, धनियाँ लागाउनतका बाली समयमै लगाउन नपाउने समस्या छ।हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग यही मङ्सिर २२ गतेबाट सञ्चालन गर्ने तयारी छ।
तर, अन्नपूर्ण र महालक्ष्मी सुगर मिल कहिले सञ्चालन हुन्छन् ठेगान छैन। किसानले समयमै आफ्नो खेत खाली हुँदा अन्य बाली लगाउन पाउने भएकाले पनि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका मिलगेट मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए।
सरकारले चालु सिजनको उखुको मूल्य निर्धारण गरेको छैन।नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले चिनी उद्योग समयमै सञ्चालन नहुँदा र क्रसिङ भएको उखुको भुक्तानी पनि समयमै नुहँदा किसानले सस्तैमा भए पनि सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताए।
बरहथवा नगरपालिका–११ का रत्नबहादुर घिमिरेले सस्तोमै सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएको सुनाए। नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उद्योगलाई सस्तैमा भए पनि उखु बेच्न थालेको बसबरिया गाउँपालिका–२ का किसान रामविलाश महतोले बताए।जिल्लाका सक्खर उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन्।
उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि कम दिने र माग बढेमा सोहीअनुसार मूल्य बढाएर दिने गरिएको बरहथवा–११ का सक्खर उद्योग सञ्चालक शत्रुधन रायले बताए। एघार क्विन्टल उखु पेल्दा एक क्विन्टल सक्खर उत्पादन हुने गरेको रायले बताए।व्यवसायीले कालो सक्खर क्विन्टलको ५ हजार र सेतो सक्खरको ५ हजार ५ सयदेखि ६ हजार २ सय रुपैयाँमा बेच्दै आएका छन्।
‘भारतबाट अवैधरूपले आउने सक्खरका कारण व्यवसाय नै धरासायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवै समस्यामा छन्’, बरहथवा–११ का व्यवसायी शिवचन्द्र रायले भने।भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूले पनि सोहीअनुसार बेच्नुपरेकाले लगानीअनुसारको मूल्य नपाएको गुनासो उनले गरे। रासस
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads