search

spot_img
spot_img

व्यापारीहरूसँग महिनावारी असूल्ने नक्कली प्रहरी पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ मंसिर । नक्कली प्रहरी बनेर रकम असुल गर्ने एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको आदर्शकोतवाल गाउँँपालिका वडा नं. ८ लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोबिन्द महतो कोइरीलाई नियन्त्रणमा लिएको हो ।
कोइरीले विगत ५–६ महिना देखि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्दै गरेका थिए । कोइरीमाथि वीरगञ्ज वडा नं.२३ हरपतगञ्जका व्यापारीहरूसँग महिनावारी रकम असुली गरेको आरोप लागेको छ ।
ब्यापारीहरूसँग महिनावारी रकम उठाईरहेको भन्ने सुचना पाएलगत्तै प्रहरी कार्यालय सिर्सियाबाट खटिएको प्रहरी टोलीले कोईरीलाई नियन्त्रण लिएको हो । उनलाई वीरगञ्ज २३ सुगौली विर्तास्थित केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका कोइरीमाथि थप अनुसन्धान तथा कारबाई भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads