search

spot_img
spot_img

पर्सामा बसले किचिएर एक जनाकाे मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज । पर्साको वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाै‌ंस्थित तिलावे पुल नजिक आज विहान सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । दुईटा माेटरसाइकल एकआपसमा ठाेकिदा बसले किचिएर एक जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
सर्लाहीकाे रामनगर गाउँपालिका वडा ६ सिसवा टोल निवासी ३५ बर्षिय अभय झाकाे मृत्यु भएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मजंङ थिङले वताए ।
ठाेरी पिकनिककाे लागि गइरहेकाे सालिमार ना ८ ख ४८६१ नम्बरकाे बसले किचिएर माेटरसाइकलमा सवार यात्रुकाे मृत्यु भएकाे इन्सपेक्टर थिङले जानकारी दिए ।
उनका अनुसार वीरगंजबाट पाेखरिया तर्फ गइरहेकाे बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकल र विपरित दिशाबाट आइरहेकाे ना ३५ प ६४०० नम्बरकाे माेटरसाइकल एकआपसमा ठाेकिदा बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकलमा सवार यात्रुकाे बसले किचिएर मृत्यु भएकाे हाे ।
अर्काे माेटरसाइकल चालक कालिकामाई गाउँपालिका वडा नम्बर २ निवासी २९ बर्षिय अखिलेश कुमार मण्डल घाईते भएका छन् । घाइतेकाे उपचार वीरगंजस्थित नारायणी अस्पतालमा भइरहेकाे छ भने मृतककाे शव पाेष्टमार्टमकाे लागि नारायणी अस्पताल मै राखिएकाे छ ।
ठक्कर दिने बस र बस चालक सिन्धुलली कमलामाई नगरपालिकाकाे वडा नं. ४ का ५५ वर्षिय बिस्णु कुमार दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads