search

spot_img
spot_img

ग्रामीण क्षेत्रका महिला असुरक्षित गर्भपतनका लागि भारत जान बाध्य

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ मंसिर । पर्साका ग्रामीण बासिन्दाका महिलाहरू अहिलेसम्म पनि पूर्णरूपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित नै छन्।
पर्सा जिल्लाका महिलाहरू स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित गर्भपतन सेवा पाउनबाट वञ्चित छन्। गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहे पनि पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा भने यो सेवा उपलब्ध अझै भइनसकेको स्थानीयले बताएका छन्। ग्रामीण क्षेत्रमा यो सुविधा नभएको कारण सुरक्षित गर्भपतनका लागि वीरगंज धाउनुपरेको उनीहरूले बताए।
वीरगंजको मेरी स्टोप्समा यो सेवा निश्शुल्क उपलब्ध भएकोले ग्रामीण क्षेत्रका महिलाहरू त्यही जाने गरेका छन्। मेरी स्टोप्सबाहेक सरकारी अस्पताल नारायणी र अन्य निजी अस्पतालहरूमा भने यही सेवा महिलाहरूले शुल्क तिरेर लिनुपर्छ।
ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, छिपहरमाई, धोबिनी गाउँपालिकालगायत जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य संस्था रहे पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध नरहेको सम्बन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएका छन्। सो सेवाका लागि तालीम प्राप्त स्वास्थ्यकर्मीहरूको अभाव रहेका कारण यो सेवा अझै सञ्चालन गर्न नसकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
ठोरी गापाका स्वास्थ्य शाखा प्रमुख रमेश थिङले सुरक्षित गर्भपतनसम्बन्धी दक्ष जनशक्ति नभएका कारण सेवा सुचारु नगरिएको बताए। सुरक्षित गर्भपतनसम्बन्धी तालीमका लागि प्रदेश स्वास्थ्य तालीम केन्द्रमा माग गरिएको थिङले बताए।
जीराभवानी गापा–२ सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले पाँच वर्षअगाडि यो सेवा सञ्चालनमा रहेको तर सम्बन्धित कर्मचारी सरुवा भएर गएपछि सेवा बन्द रहेको बताए। पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश सोलेन्द्र मिश्रले नगर क्षेत्रभित्र पोखरिया अस्पतालमा मेडिकल र सर्जिकल सुरक्षित गर्भपतन गर्ने सेवा सञ्चालनमा रहेको बताए। उनले मासिक ५५ देखि ६५ जनाको सुरक्षित गर्भपतन गराउँदै आएको बताए। उनले पोखरिया अस्पतालमा नगरपालिकाबाहेक अन्य पालिकाहरूबाट पनि महिलाहरू सुरक्षित गर्भपतनका लागि आउने गरेको बताए।
पोखरियामा सेवा लिन नसक्नेहरू भने सीमावर्ती भारतीय बजार इनर्वा, भङ्गाहा, मैनाटाँड, सिकटालगायतका बजारमा यो सेवा जोखिमपूर्णरूपमा लिन बाध्य छन्। स्थानीयहरूले सीमावर्ती क्षेत्रमा यो सेवा सर्वसुलभ उपलब्ध हुने गरेकोले जाने गरेको बताएका छन्। भारतीय सीमा क्षेत्रमा यो सेवा लिन जानेहरूमध्ये केही महिलाहरूको मृत्यु पनि भएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads