search

spot_img
spot_img

तिलगङ्गाका चिकित्सकले गरे ६३० जनाको शल्यक्रिया

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १२ पुस/
अन्तर्राष्ट्रिय साझेदार अपरेशन रिज्युइस सिङ्गापुरको आर्थिक सहयोग एवं तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको आयोजनामा पर्साको विन्ध्यवासिनी गाउँपालिकामा बृहत् तीन दिने आँखा शिविर एवं शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पुस ९ गतेदेखि बहुअर्वाभाठास्थित राधाकृष्ण चौरसिया माविमा सम्पन्न आँखा शिविरमा पाँच हजार आँखा रोगीहरूको आँखा परीक्षण गरी तीमध्ये मोतियाबिन्दुको समस्या देखिएका ६३० जना रोगीको शल्यक्रिया भएको प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले जानकारी दिए ।
आँखा शिविरमा विन्ध्यवासिनी, बहुदरमाई, पोखरिया र जगरनाथपुर गाउँपालिकाका सयौं आँखा रोगीहरू लाभान्वित भएका छन् । विन्ध्यवासिनी गापाको सहजीकरणमा भएको कार्यक्रममा गापाले शिविर र शल्यक्रिया सञ्चालनको लागि विद्यालयको भवन, पानी, टेन्ट, कुर्सी, खाना पकाउने भाँडाकुँडा एवं १५ जना स्वयंसेवकको व्यवस्थापन गरेको थियो भने अन्तर्राष्ट्रिय साझेदार संस्था सिङ्गापुरबाट ४० जना विदेशी स्वयंसेवकहरूले सो शिविरमा सहयोग गरेका थिए ।
प्रतिष्ठानका वरिष्ठ भेट्रो रेटिना सर्जन डा सञ्चिता शर्माको नेतृत्वमा २८ जना चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको टोली पछिल्लो तीन दिनदेखि बहुअर्वाभाठामा बसेर यो शिविर सञ्चालन गरेको हो । जसमा मोतियाबिन्दु शल्यक्रिया विशेषज्ञ डा श्याम व्यास, डा निशा मानन्धर, ओटी इन्चार्ज शोभा शर्मालगायतको स्वास्थ्यकर्मीले सेवा दिएका थिए । प्रतिष्ठानले करीब छ–सात वर्षपछि पर्सामा यस्तो बृहत् शिविर आयोजना गरेको जनाएको छ ।
सशुल्क सोही शल्यक्रिया काठमाडौंको तिलगङ्गामा गराउँदा शल्यक्रिया शुल्क रु नौं हजार एवं जाँचको २५०० गरी करीब साढे ११ हजार पर्ने हुँदा पर्साका आँखा रोगीहरूको आफ्नै जिल्लामा निश्शुल्क शल्यक्रिया हुँदा उनीहरूलाई फाइदा पुगेको वीरगंज सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मी एवं शिविरमा सहयोग गरेका महेशसिंह धामीले बताए ।
तिलगङ्गाले उत्पादन गर्ने मोतियाबिन्दुको प्रतिलेन्स तीनदेखि पाँच डलर अर्थात रु नौ सय पर्छ । अस्पतालले आफैं लेन्स उत्पादन गरी विकसित राष्ट्रहरूमा समेत निर्यात गर्दै आएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads