search

spot_img
spot_img

भारतीय ग्यांगस्टार नेपाल–भारत मैत्रीपुलबाट पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ पुस ।
भारतीय एसएसबीले मोस्ट वान्टेड ग्यांगस्टार शाकिर रेजा उर्फ आसिफ अलीलाई नेपाल–भारत मैत्रीपुलबाट पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा भारतीय एसएसबीले ग्यांगस्टार अलीलाई मैत्रीपुलमा चेकजाँच गर्ने क्रममा भाग्न खोज्दा पक्राउ गरेको इन्स्पेक्टर मनोजकुमार शर्माले बताए । भारत, बिहार कटिहारका निवासी आसिफ ग्यांगस्टार रहेको र उनीमाथि २० वटा विभिन्न गम्भीर आपराधिक मुद्दा रहेको तथा नेपाल तथा भारतको जेलमा कैद भुक्तान गरिसकेको इन्स्पेक्टर मनोजकुमार शर्माले बताए ।
पक्राउ परेका अलीले दिएको बयान अनुसार नेपालमा उनको एकजना मनीषा गौतम नामक प्रेमिका रहेको र उनीसंग विवाह गरेर नेपाली नागरिकता लिई घरजम गर्ने तयारी स्वरुप नेपाल आउने क्रममा पक्राउ गरिएको बताइन्छ । प्रहरीले उनको साथबाट १२ वटा संदिग्ध पहिचानपत्र, आठवटा सीम र तीनवटा मोबायल बरामद गरेको छ । अलीलाई पक्राउ गर्न प्रहरीले स्पेशल टीम गठन गरेको र मोबाइल लोकेशन तथा उनका साथीलाई पक्राउ गरी अलीलाई पक्राउ गर्न सफल भएको बताइन्छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads