search

spot_img
spot_img

उचिडिह आविमा अनियमितता भएको आरोप

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २५ पुस/ बारा, विश्रामपुर गाउँपालिका–१ उचिडिहस्थित नेरा आधारभूत विद्यालयमा केही वर्षदेखि अनियमितता भइरहेको अभिभावकहरूले आरोप लगाएका छन् ।
विद्यालयका अभिभावक कमरूल होदाले गापाबाट प्राप्त खाजा कार्यक्रम अनुदानमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं प्रधानाध्यापकको मिलेमतोमा अनियमितता भएको र यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा एवं गापा कक्षा शाखामा समेत उजूरी गरिएको जानकारी गराएका छन् ।
कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा दैनिक १२५ देखि १५० विद्यार्थी मात्र उपस्थित हुन्छन् तर विद्यालयले हरेक महीना २८४ जनाको नामावली पेश गरेर प्रतिविद्यार्थी रु १५ को दरले महीनामा २६ दिनको हिसाबले झन्डै एक लाख खाजा खर्चबापत अनुदान भुक्तानी लिने गरे तापनि ५० प्रतिशत खाजा रकममा अनियमितता भएको अभिभावकहरूको आरोप छ । यसमा गापा शिक्ष्Fा शाखाका पदाधिकारीहरूको पनि संलग्नता हुन सक्ने अभिभावकहरूको आशङ्का छ । त्यसैगरी गापा उपाध्यक्ष प्रियङ्का देवीले रु एक हजार पर्ने वितरण गरिएको झोलामा पनि अनियमितता भएको उनीहरूको दाबी छ । साथै विश्रामपुर गापा–१ वडा कार्यालयबाट माटो पुर्नको लागि रु एक लाख अनुदान पाएकोमा ६० ट्याक्टर माटो खसालेर उक्त बजेट पनि भ्mवाम्म पारेको अर्का स्थानीय तबरेज आलमको गुनासो छ ।
दुईजना स्थायी, एकजना राहत, एकजना करार, दुईजना बालविकास र एकजना कास गरी सातजना कर्मचारी रहेको सो विद्यालयको शौचालय सदैव फोहर र दुर्गन्धित हुने गरे पनि गत आवको १२ महीनामा चर्पी सफाइबापत रु ६५०० र विद्यालयको नाम लेख्न पनि रु ५००० भन्दा बढी रकम खर्च भएको प्रअले हिसाब प्रस्तुत गरेका छन् ।
यस विषयमा गापासँग वास्तविक छानबीन गरेर दोषीलाई कारबाईको दायरामा ल्याउन अभिभावकहरूको माग छ । सो गाउँपालिकाका अध्यक्ष जुल्फीकार अलि भुट्टोले विद्यालयमा भएको अनियमितताप्रति गम्भीरतापूर्वक छानबीन गर्नुपर्ने अभिभावकको माग छ ।
यस विषयमा प्रअ सन्तोष पाण्डेले पहिलेभन्दा विद्यार्थीको सङ्ख्या केही मात्रामा घटे तापनि अभिभावकले भने मुताबिक खाजा रकम दुरुपयोग नभएको प्रतिक्रिया दिए । उनले खाजा सामग्री खरीदमा गापाबाट सम्झौता अनुसार रेडिमेड खानेकुरा उपलब्ध गराउने भएकोले आपूmहरूको प्रत्यक्ष संलग्नता नभएको बताए ।
साथै उनले छानबीन भएको खण्डमा सम्बन्धित निकायमा उपस्थित भएर सबै आशङ्का मेट्न कागजात प्रस्तुत गर्ने दाबी गरे ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads