search

spot_img
spot_img

व्यापारीले महँगो मूल्यमा धान भित्र्याउँदै, चामलको मूल्य बढ्न सक्ने

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २६ पुस/ यस वर्ष चामलको मूल्य वृद्धि हुने सङ्केत देखिएको छ । भारतले गत वर्षको तुलना ८० प्रतिशत कम धान निर्यातको कोटा निर्धारण गरेको र व्यवसायीहरूले कोटाबाहेक धान महँगोमा भिœयाउनु परेको हुँदा चामलको मूल्य बढ्ने सङ्केत देखिएको हो ।
भारतले गत वर्ष नेपालको लागि छ लाख मेट्रिक टन धान निर्यात कोटा निर्धारण गरेको थियो । यस वर्ष भने ९७ हजार मे.टन मात्र निर्धारण गरेको छ ।
यसबाहेक धान ल्याउँदा व्यवसायीहरूले वीरगंज भन्सार आइसिपी भन्सारमा २० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने हुन्छ । जसले गर्दा धानको मूल्य बढेको र यसको प्रभाव चामलमा हुने चावोसती राइस मिलका नारायण रूँगटा बताउँछन् ।
उनले अहिले बिहारबाट व्यवसायीहरूले धान भित्र्याउँदा प्रतिकिलो सोनामन्सुली रु ३८ र जीरा मसिनो रु ४८ परिरहेको बताए । सोना मन्सुली धान पर्सा जिल्लाका किसानहरूसँग व्यवसायीहरूले कात्तिकदेखि मङ्सिरमा प्रतिकिलो रु २५ देखि ३५ मा खरीद गरेका थिए । अहिले यही धानको मूल्य भारतबाट भित्र्याउँदा रु ३८ परिरहेको छ ।
आइसिपीबाट अहिले सयभन्दा बढी धान लोड गाडी व्यवसायीहरूले भित्र्याएका छन् । चामलको अभाव हुने सङ्केत पाएर व्यवसायीहरूले महँगोमा भारतको बिहारबाट धान भित्र्याएर सञ्चय गरिरहेका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads