वीरगंज, २७ पुस/ नेशनल इन्फोटेक कलेजको आयोजनामा वीरगंजमा तेस्रो नेशनल इन्फोटेक (एनआई) कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरू भएको छ।
प्रतियोगिताको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष्F अशोक टेमानीले गरेका थिए। नारायणी क्रिकेट रङ्गशाला वीरगंजमा जारी सो प्रतियोगितामा वीरगंजमा नौं र हेटौंडाको एक गरी १० वटा कलेजहरूको सहभागिता छ। प्रतियोगिताको गु्रप एमा ग्लोबल, ज्ञानदा, वीरगंज सेन्ट्रल स्कूल, एनआई र सेन्ट जेभियर्स छन् भने गु्रप बीमा विपीसी, विसिपिएल, नेशनल एकेडेमी, एचएसएम, अल्पाइन विद्यालय रहेका छन्।
प्रत्येक गु्रपमा प्रत्येक टीमले चारवटा लिग म्याच खेलेर अङ्कतालिकाको आधारमा सेमिफाइनलको लागि चारवटा टीम छनोट हुनेछन्। माघ १० र ११ गते सेमिफाइनल खेल हुनेछ भने १३ गते प्रतियोगिताको फाइनल खेल हुने आयोजकले जनाएको छ।
आजको उद्घाटन खेलमा ग्लोबल बिजनेश कलेजलाई १३ रनले पराजित गर्दै नेशनल इन्फोटेक विजयी भएको छ। नेशनल इन्फोटेकले २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १३६ रन बनाएको थियो। एनआईका तर्फबाट नितेश चौधरीले सर्वाधिक २६ रनमा ३२ रन, सन्देश गुप्ताले ३३ बलमा ३० रन र राहुल हकले ३२ बलमा २१ रनको योगदान दिएका थिए।
ग्लोबल बिजनेशनको तर्फबाट रोहणकुमार साहले दुई, आदर्श भण्डारी, सुजल सर्राफ, अरफान मल्लिकले एक–एक विकेट लिए। १३७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको ग्लोबल बिजनेशले २० ओभरमा नौं विकेटको क्ष्Fतिमा १२३ रन मात्र बनाउन सक्यो। ग्लोबलको पालोमा सोनु पटेल सर्वाधिक ३७ बलमा ४० रन, ऋतिक पटेलले ३६ बलमा २८ रन बनाएका थिए भने एनआईका तर्फबाट प्रतियोगिता जिताउन सलमान मन्सुरीले महत्वपूर्ण तीन विकेट, महम्मद सरीफले दुई , वशिम अली मन्सुरी र अरबाज अन्सारीले एक–एक विकेट लिएका थिए।
कार्यक्रममा क्रिकेट सङ्घ, पर्साका अध्यक्ष इन्जिनीयर मनीष सिंहको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्रतियोगिताका निर्देशक सुधीर पटेल, एनवाइइएफ वीरगंजका अध्यक्ष सन्दीप अग्रवाल, पूर्वअध्यक्ष अनुप अग्रवाल, क्रिकेट सङ्घ पर्साका उपाध्यक्ष्F मुर्तुजा हवारी, सचिव घनश्यामबाबू गुप्ता, वरिष्ठ सदस्य दाउद अन्सारीलगायतको सहभागिता थियो।
शनिवार विपिसी र बिपिसिएलबीच पहिलो र वीरगंज सेन्ट्रल एवं सेन्ट जेभियर्सबीच दोस्रो खेल हुने बताइएको छ।

Facebook Comments Box