search

spot_img
spot_img

एनआइ कप : बुधवार दुई खेल सम्पन्न, वीरगञ्ज सेन्ट्रल र हेटौँडा स्कुल विजयी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेकले आयोजना गरेको एनआइ कप – २०८० अन्तर कलेज टी – २० टुर्नामेन्टअन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । बिहान भएको र दिउँसो गरी सम्पन्न दुई खेलमा वीरगञ्ज सेन्ट्रल कलेज र हेटौँडा स्कुल अफ म्यानेजमेन्ट विजयी भएका हुन् ।
बिहान वीरगञ्ज सेन्ट्रल कलेज र ज्ञानदा एकेडेमीबिच भएको खेलमा वीरगञ्ज सेन्ट्रल चार विकेटले विजयी भएको आयोजक नेशनल इन्फोटेकले जनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर वीरगञ्ज सेन्ट्रललाई १२१ रनको लक्ष्य दिएको थियो ।
ज्ञानदाले दिएको लक्ष्यलाई वीरगञ्ज सेन्ट्रलले १९.३ ओभरमा जम्मा छ विकेट गुमाएर हासिल गर्‍यो । कमलेश पटेल, विकास कुमार सर्राफ र कमलेश दासले गरेको आकर्षक ब्याटिङले वीरगञ्ज कलेजलाई लक्ष्य प्राप्त गर्न ठूलो सहयोग गर्‍यो । पटेलले ३७ बल खेलेर एक छक्का र दुई चौकाको सहयोगमा ३० रन जोडे भने सर्राफले २२ बल खेलेर एक छक्का र दुई चौकाको सहयोगमा २० रन जोडेका थिए । त्यस्तै दासले २३ बल खेलेर चार चौकाको सहयोगमा २२ रन जोडे ।
यता, ज्ञानदाको तर्फबाट धिरज पटेल, गुड्डु यादव र अजय सहनीले उत्कृष्ट प्रदर्शनी गरे पनि उनीहरूले खेल आफ्नो पक्षमा ल्याउन सकेनन् । ज्ञानदाका पटेलले ३९ बलमा एक छक्का र दुई चौकाको सहयोगमा ४५ रन बनाए भने यादवले २२ बल खेलेर दुई छक्का र चार चौकाको सहयोगमा ४२ रन । त्यस्तै अजय सहनीले २२ बल खेलेर एक चौकाको सहयोगमा १६ रन जोडे ।
बलिङ तर्फ वीरगञ्ज सेन्ट्रलका मुकेश मण्डलले चार ओभर फ्याँकेर १६ रन खर्चिँदै दुई विकेट लिए भने निकेश गुप्ताले चार ओभर फ्याँकेर २६ रन खर्चिँदै एक विकेट लिए । त्यस्तै ज्ञानदा एकेडेमीका प्रयास गुप्ताले दुई, कन्हैया कुमार सह र आफताब आलमले एक/एक विकेट लिए ।
त्यस्तै दोस्रो खेल वीरगञ्ज पब्लिक कलेज र हेटौँडा स्कुल अफ म्यानेजमेन्टबिच भएको दोस्रो खेलमा हेटौँडा ३५ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हेटौँडाले निर्धारित २० ओभरमा केवल तिन विकेट गुमाएर १३५ रन जोड्यो । हेटौँडाका लागि साहेब यादवले अर्ध शतक बनाए । उनले ४५ बलमा एक छक्का र सात चौकाको सहयोगमा ५१ रन जोडे । त्यस्तै जयेन्द्र कुशवाहाले ४२ बलमा २८ र रामचन्द्र धामीले सात बलमा दुई चौकाको सहयोगले १५ रन जोडे ।
जवाफी ब्याटिङमा उत्रेको वीरगञ्ज पब्लिक कलेजको प्रदर्शनी भने निराशाजनक रह्यो । उसले १७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर केवल १०० रन जोड्यो । वीरगञ्ज पब्लिकका लागि अशरफ हुसेनले २१, सन्दीप सिंहले २० र अर्सद हुसेनले १६ रन जोडे । अर्का ब्याटरहरूले अपेक्षित प्रदर्शन नगर्दा टिमलाई हार व्यहोर्नु पर्‍यो ।
बलिङ तर्फ हेटौँडाका प्रन्जल उपाध्यायले चार ओभर फ्याँकेर जम्मा १९ रन खर्चिँदै चार विकेट लिए भने गौरव श्रेष्ठ र राजा अहमदले दुई/दुई विकेट लिए । त्यस्तै वीरगञ्ज पब्लिकका राहुल बैठा र आशिष् सिंहले एक/एक विकेट लिए । खेलमा सर्वाधिक रन बनाउने साहेब यादव प्लेयर अफ दी म्याच घोषित भएको नेशनल इन्फोटेकका निर्देशक मनिष सिंहले जानकारी दिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रसौनी – ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

वीरगञ्ज २ भदौ । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads