search

spot_img
spot_img

भारतको ७५ औँ गणतन्त्र दिवसमा विविध कार्यक्रम

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ माघ । भारतको महावाणिज्य दूतावास वीरगंजले शुक्रवार भारतले ७५ औँ गणतन्त्र स्थापना दिवस मनाएको छ ।
महावाणिज्यदूत देवी सहाय मीणाले भारतको झन्डोत्तोलन गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । सो क्रममा उनले सन्देश पढेर सुनाएका थिए ।
सन्देशमा भनिएको छ– भारतीय महावाणिज्य दूतावास, वीरगंजको तर्पmबाट, म, भारतको ७५औँ गणतन्त्र दिवसको शुभ अवसरमा भारतीय समुदाय र नेपालमा रहेका भारतका मित्रहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । हामीले पछिल्लो समयमा धेरै कार्यक्रम आयोजना गरेका छौं जसमा राम्रो सङ्ख्यामा यहाँहरूको उपस्थिति रहेको थियो । भारतीय महावाणिज्य दूतावासको कार्यक्रममा सहभागी भई सफल बनाउनुहुने महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दछौं ।
२। वाणिज्य दूतावासले नेपालमा भारतीय नागरिकलाई दर्ता प्रमाणपत्र जारी गर्दछ र आप्mनो क्षेत्राधिकारमा बस्ने भारतीय नागरिकका गुनासाहरू समाधान गर्न मासिक खुला मञ्चको आयोजना गर्दछ । हालसम्म २२ वटा यस्ता खुला मञ्चको आयोजना भइसकेको छ । मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्ला तथा वाग्मती प्रदेशका मकवानपुर र चितवन जिल्लामा बसोवास गर्ने सबै भारतीयलाई वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा दर्ता गराउन प्रोत्साहित गर्दछौं ।
३। भारतीय महावाणिज्य दूतावास नदीको तटबन्ध, एकीकृत जाँच चौकी, रेलमार्ग निर्माण, दुर्ई देशबीचको द्विपक्षीय व्यापारमा उत्प्रेरकको रूपमा काम गर्नुबाहेक नेपाली जनतालाई शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास, विद्यार्थीलाई छात्रवृत्ति, विश्वसनीय संस्थालाई एम्बुलेन्स र बस उपलब्ध गराउनेलगायत क्षेत्रमा सहयोग गर्न प्रतिबद्ध छ । भारतका माननीय विदेशमन्त्रीज्यूको सन् २०२४ जनवरी ४ देखि ५ सम्मको नेपाल भ्रमणका क्रममा नेपालमा उच्च प्रभाव पार्ने सामुदायिक विकास परियोजनाहरू ९ज्क्ष्ऋम्एक० कार्यान्वयनका लागि भारत सरकार र नेपाल सरकारबीच सम्झौता भएको थियो । नयाँ सम्झौतामा एचआइसिडिपी कार्यान्वयनका लागि बजेटको सीमा पहिलेको ५ करोड रुपियाँबाट २० करोड रुपियाँसम्म बढाइएको छ । यो सम्झौताले नेपाली जनताको जीवन र भविष्यमा सुधारका लागि नेपालमा ठूला परियोजना कार्यान्वयन गर्न निश्चितरूपमा मार्ग प्रशस्त गर्नेछ ।
४। वाणिज्य दूतावासले नेपाल र भारतका सीमावर्ती जिल्लाका जिल्ला प्रशासनहरूबीच समसामयिक हितका विषयमा भारत–नेपाल सीमा समन्वय बैठक आयोजना गर्दै आएको छ । सीमापार आपराधिक गतिविधि, लागू औषध ओसारपसार, विभिन्न प्रतिबन्धित सामानको ओसारपोसार, आतङ्ककारी तŒवको गतिविधि र मानव बेचबिखन नियन्त्रण, आदि गर्न दुवै देशका प्रशासन र सीमा सुरक्षा बलबीच राम्रो समन्वय विकसित गर्न हालै जनकपुर, वीरगंज र रौतहटमा यस्ता बैठक सम्पन्न भएका छन् ।
५। वाणिज्य दूतावासले भारतको छोटो र लामो अवधिको भ्रमणका लागि विभिन्न निजी र सार्वजनिक यातायातका सवारी साधनहरूलाई सवारी अनुमति प्रदान गर्दछ । वाणिज्य दूतावासले दुर्ई देशबीच द्विपक्षीय व्यापारको विकास र सहजीकरण गर्न विभिन्न सरोकारवालाहरूसँग काम गर्दछ । वाणिज्य दूतावासद्वारा भारत–नेपाल सेन्टर अफ पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज ९एज्म्ऋऋक्ष्० र वीरगंज चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज ९द्यक्ष्ऋऋक्ष्० को सहकार्यमा ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ को दोस्रो संस्करणको आयोजना डिसेम्बर २०, २०२३ मा वीरगंजमा गरियो । शिखर सम्मेलनको प्राथमिक उद्देश्य प्रमुख आर्थिक क्षेत्रहरूमा व्यापार संलग्नताका नयाँ मार्ग खोल्नु थियो, जसले द्विपक्षीय व्यापारलाई महŒवपूर्ण प्रोत्साहन दिनेछ । वाणिज्य दूतावासले दुई देशका व्यापारीहरूबीच व्यापार विवादमा मध्यस्थता पनि गर्दछ । वाणिज्य दूतावासको प्रयासमा कोभिड–१९ को महामारीका कारण बन्द मटिअर्वा–आदापुर नाकाबाट सवारी आवागमन जनवरी १५, २०२४ देखि पुनः सुचारु भएको छ । त्यसैगरी गौर–बैरगनिया नाका बिहान ६ बजेदेखि राति १० बजेसम्मको सट्टा बिहान ५ बजेदेखि राति ११ बजेसम्म खुला गर्न वाणिज्य दूतावासले सरोकारवाला निकायसँग गरेको हस्तक्षेपपछि गौर–बैरगनिया सिमानाका जनताको माग पनि पूरा भएको छ ।
६। भारतका माननीय विदेशमन्त्री डा। एस। जयशङ्करज्यूको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौता अन्तर्गत १० वर्षको अवधिमा नेपालबाट भारतमा हुने विद्युत् निर्यातको मात्रा १० हजार मेगावाटसम्म पु¥याउने र त्यसका लागि विद्युत् उत्पादन क्षेत्र र प्रसारण पूर्वाधार क्षेत्रमा पारस्परिक लाभकारी लगानी प्रोत्साहन गर्न आवश्यक सबै उपाय अवलम्बन गर्ने सहमति भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विकसित गरेको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि न्यु स्पेस इन्डिया लिमिटेड र नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीबीच प्रक्षेपण सेवा सम्झौता पनि भएको छ । नेपाली विद्यार्थीहरूद्वारा विकास गरिएको यो भूउपग्रहलाई भारतीय प्रक्षेपण रकेटबाट निश्शुल्क प्रक्षेपण गरिने छ । त्यसैगरी एनटिपिसी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने समझौता पनि भएको छ । यस समझौताले NTPC र NEAबीच नवीकरणीय ऊर्जामा सहयोगको लागि एउटा रूपरेखा सिर्जना गर्दछ । भारतीय विदेशमन्त्री र उनका नेपाली समकक्षीद्वारा रक्सौल–परवानीपुर लाइनको दोस्रो सर्किट, कटैया–कुशाहा लाइनको दोस्रो सर्किट र नयाँ नौतनवा–मैनहैया लाइन गरी तीनवटा १३२ केभी क्रस बोर्डर प्रसारण लाइनको संयुक्त रूपमा उदघाटन गरियो ।
ठ। भारत आप्mनो ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई अत्यन्तै महŒव दिन्छ र विभिन्न पहलमार्पmत नेपालका जनतालाई सहयोग जारी राख्नेछ । वाणिज्य दूतावास दुर्ई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउन नजीकबाट काम गर्न तत्पर छ । सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।
भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो ।
त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ । संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैँ चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्था स्थापना गरेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads