सामाजिक रूपान्तरणमा शिक्षाको भूमिका अहम् –सासंद प्रदीप यादव

वीरगंज, ५ फागुन/
जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले शिक्षा नै समाज विकासको प्रमुख आधारस्तम्भ भएको बताएका छन्। वीरगंजमा ओेम नेशनल एकेडेमीको नवौं वार्षिकोत्सवमा सांसद यादवले शिक्षाले नै समाजलाई समृद्ध र सभ्य बनाउने बताए।
पूर्ववनमन्त्रीसमेत रहेका यादवले अहिलेको शिक्षा प्रणालीमा रूपान्तरणको आवश्यकता रहेको औंल्याए।
वार्षिकोत्सवमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
सम्बन्धित पोस्टहरुः