वीरगंज, १२ वैशाख/ केएनपी जापान प्रालि परवानीपुरले करीब दुई लाख रुपैयाँको सामग्री सहयोग गरेको छ । वीरगंज–४ बिर्तास्थित सुन्दरमल रामकुमार कन्या माविलाई ५५ इन्चको एलइडी टेलिभिजन, टेबुल, कुर्सी एक/एक थान, कभर्ड दुई थान, स्ट्यान्ड पङ्खा दुई थान, कार्पेट एक थान गरी दुई लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको हो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानाध्यापिका अनीताकुमारी साहलाई उद्योगका सञ्चालक एवं समाजसेवी अशोक बैदले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा वडा नं ४ का अध्यक्ष जगत साह कानू, शिक्षक प्रतिनिधि अन्नपूर्ण मानन्धर, केएनपी जापानका प्रतिनिधि प्रवीण यादव, शिक्षिका लक्ष्मी सिंहलगायतको सहभागिता थियो ।

Facebook Comments Box