search

spot_img
spot_img

श्रीसिया गाउँ अधिग्रहण मुआवजाको विषयमा प्रशासन उदासीन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ वैशाख/ वीरगंज महानगर–२५ श्रीसिया गाउँ अधिग्रहण गर्ने क्रममा सरोकारवाला निकाय उदासीन बनेको गाउँलेले आरोप लगाएका छन् ।
२०७३ सालदेखि रोक्का राखिएको ६२ बिघा खेतको मुआवजा वितरण भइसके तपानि स्ववासी घडेरी जग्गा, घर एवं भौतिक संरचना जस्तै अस्पताल, विद्यालय, प्रहरी चौकी, वडा कार्यालय, स्वास्थ्य चौकी, रूखबिरुवा, बालीनालीलगायतको मुआवजा वितरण गर्ने सम्बन्धित निकायले चासो नदिंदा मुआवजा वितरणमा ढिलाइ भइरहेको स्थानीयहरूले बताएका छन् ।
करीब साढे पाँच अर्बभन्दा बढी मुआवजा वितरण गर्नुपर्नेमा तीन अर्बभन्दा बढी मुआवजा वितरण भइसकेको छ भने अझै करीब रु अढाई अर्ब मुआवजा वितरण गर्नुपर्ने आकलन छ । यस विषयमा केही दिनअगाडि आइसिपी र ड्राइपोर्टबीचको श्रीसिया गाउँमा रहेका सम्पूर्ण घरको मूल्याङ्कन भइसकेको तर मुआवजा कहिले वितरण गर्ने विषयमा अहिले कुनै तयारी नदेखिएकोले मुआवजा वितरणमा ढिलाइ हुन सक्ने गाउँलेको बुझाइ छ ।
केही दिनअघि जिल्ला प्रशासन कार्यालय, पर्सामा बसेको सरोकारवालाहरूको छलफलमा सबैभन्दा पहिला सो गाउँमा भएका बोटबिरुवा एवं खेतको बालीको मुआवजा निर्धारण गर्न एवं स्ववासी फिल्डबूक भएको घडेरी जग्गाको मुआवजा निर्धारण गर्न र त्यसपछि घर तथा भौतिक संरचनाको मुआवजा वितरण गरेर टुङ्गो लगाउने निर्णय भएको छ ।
साथै मुआवजाको लागि जिल्ला प्रशासन कार्यालय, पर्सामार्पmत अर्थ मन्त्रालयसँग आवश्यक पर्याप्त मुआवजा माग गर्नेसमेत निर्णय भएको जनाइएको छ । गाउँलेले चाँडैभन्दा चाँडै आवश्यक रकम उपलब्ध गराइ मुआवजा वितरणलाई टुङ्गो लगाउन माग गरेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

इन्धनको अवैध कारोबार गर्ने चालक पक्राउ

बारा, २३ असार । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगंजबाट इन्धनको अवैध कारोबार भइरहेको स्थानबाट एक जनालाई पक्राउ...

सम्बन्धित खबर

- Advertisement -neelambads