search

आर्केस्ट्राबाट चारजना नाबालिकाको उद्धार तीनजना सञ्चालकलाई पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ वैशाख/
मानव बेचबिखनविरोधी बेतिया मुख्यालयको रक्सौलस्थित एकाइ कार्यालयले चारजना नाबालिकालाई उद्धार गर्नुका साथै तीनजना आर्केस्ट्रा सञ्चालकलाई पक्राउ गरेको छ।
एसएसबी बेतिया कार्यालय ४७औं कोर सशस्त्र सीमा बल रक्सौल, सिकटा प्रहरी चौकी, बैरिया पुलिस थाना, साइबर स्टेशन प्रहरी बेतिया, मिशन मुक्ति फाउन्डेशन दिल्लीलगायतको सहकार्यमा आर्केस्टाविरुद्ध गरिएको छापामारीमा चारजना नाबालिकाको उद्धार गरिएको र तीनजना आर्केस्ट्रा सञ्चालकलाई पक्राउ गरिएको इन्स्पेक्टर मनोज शर्माले बताए।
आर्केस्ट्रामा नाबालिक केटीहरूको प्रयोग भइरहेको सूचनाको आधारमा सिकटाको शिकार गाउँमा रहेको पिङ्की आर्केस्ट्राबाट दुईजना र मलाहीचोकनजीक सञ्चालित वर्षा आर्केस्ट्राबाट दुईजना नाबालिका गरी चारजनाको उद्धार गरिएको र तीनजना आर्केस्ट्रा सञ्चालकलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर शर्माले बताए।
Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads