search

spot_img
spot_img

दुर्घटनामा एकजना युवकको मृत्यु, तीनजना घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ वैशाख/ सवारी दुर्घटनामा बिहीवार बिहान एकजना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले वीरगंज महानगरपालिका–२५ मौजे श्रीसिया सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजना युवकको घटनास्थलमा मृत्यु भएको र तीनजनाको उपचार भइरहेको बताए।
उनले ना.१८प ९८१६ र ना.३१प ३८३५ नम्बरका मोटरसाइकल आज बिहान पौने ११ बजे एकापसमा ठोक्किएर दुर्घटना भएको र दुईटै मोटरसाइकलमा सवार चारजना घाइते भएको बताए। उनले घाइतेमध्ये सोही ठाउँ निवासी २५ वर्षीय अर्जुन पटेलको उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेको बताए।
घटनामा सोही ठाउँ निवासी २० वर्षीय आकाश पटेलको टाउकोमा चोट लागेको, १५ वर्षीय सामा पटेलको खुट्टा र टाउकोमा चोट लागेको र अर्का १५ वर्षीय कन्हैया चतुर्वेदीको छातीमा चोट लागेको थियो। तीनैजनालाई नेशनल मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको प्रनाउ थापाले बताए। उनले तीनजनाको अवस्था मध्यम रहेको चिकित्सकलाई उद्धृत गर्दै बताए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा

वासिङ्टन, २२ असार (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन...

सम्बन्धित खबर

- Advertisement -neelambads