वीरगंज, १६ वैशाख/ नेकपा एमाले पर्सा जिल्ला कमिटीको नयाँ नेतृत्व चयनको लागि भोलि वैशाख १७ गते सोमवार अधिवेशन हुँदैछ । अधिवेशन उद्घाटन गर्न अध्यक्ष्F केपी शर्मा ओली आउने प्रचार गरिए पनि आइतवारदेखि काठमाडौंमा शुरू भएको लगानी सम्मेलनको कारण ओली आएनन् ।
एमाले, पर्सामा पनि बारा जिल्लाजस्तै दुई समूह सक्रिय भएका छन् । वर्तमान जिल्ला कमिटीका अध्यक्ष डा विश्वम्भर शर्मा एउटा गुटबाट अध्यक्ष पदको दावेदार घोषित भएका छन् । पर्सा जिल्लामा एमालेका चारजना केन्द्रीय सदस्य छन् र त्यसमध्ये दुईजना सांसद प्रभु हजरा र सांसद निर्मला देवकोटा डा शर्माको पक्षमा छन् ।
अर्का दुई केन्द्रीय सदस्य सांसद राजकुमार गुप्ता र अरविन्द सिंहको पक्षबाट पूर्वअध्यक्ष जयप्रकाश थारू र शिव पटेलको नाम चर्चामा छ । दुईजनामध्ये एकजनाको नाम अहिले टुङ्गो लागेको छैन । ५८५ जना प्रतिनिधि रहेकामा पर्सा जिल्लामा पनि अन्तिम समयमा दुई समूहबीच चुनावी प्रतिस्पर्धाबाट जिल्ला नेतृत्व चयन हुने लगभग निश्चित छ । सहमतिका प्रयासहरू यसबीचमा भएका छैनन् । दुवै पक्ष आआप्mनो अडानमा रहेकाले सहमति हुन नसकेको एकजना एमाले नेताले बताए ।

Facebook Comments Box