search

spot_img
spot_img

नेकपा (एमाले) पर्साको अध्यक्षमा डा विश्वम्भर शर्मा सर्वसम्मत निर्वाचित

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

प्रस, वीरगंज, २० वैशाख/
नेकपा (एमाले) पर्साको अध्यक्षमा डा विश्वम्भर शर्मा सर्वसम्मत निर्वाचित भएका छन्।
अध्यक्ष पदमा उम्मेदवारी दिएका कुणाल महतो थारू र हनिफ मियाँले बिहीवार उम्मेदवारी फिर्ता लिएपछि डा शर्मा निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन्। उनी यसअघि एमाले पर्साको संयोजक थिए।
यसैगरी, उपाध्यक्ष्Fमा लालबाबू शेख र मनोज गुप्ता चुनावी प्रतिस्पर्धामा देखिएका छन्। सचिवमा महेश दास र नवराज शर्मा, सहसचिवमा पुरुषतर्फ रामकिशोर सिंह ‘पराग’, इमरान हुसेन र नविजान अन्सारी गरी तीनजना प्रतिस्पर्धामा छन् भने महिलातर्फ सीता लामा र गीता भण्डारी गरी दुईजना चुनावी प्रतिस्पर्धामा छन्।
१४ पालिकामध्ये वीरगंज महानगर, पर्सागढी, सखुवाप्रसौनी गरी चारवटा पालिकाबाहेक १० वटा पालिकामा सर्वसम्मत सदस्य चयन भएका छन्। एमालेको भ्रातृ सङ्गठनमध्ये मजदूर सङ्गठनको जिफन्ट, पेशागत महासङ्घ र अपाङ्ग महासङ्घमा निर्विरोध सदस्य चयन भएका छन् भने युवा, महिला, दलितबाट सदस्यका लागि निर्वाचन हुने भएको छ।
वैशाख १७ गते नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको र त्यसपछि बन्दसत्र र निर्वाचन प्रक्रिया शुरू भएकोमा बिहीवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएर स्थगित भएको छ र शुक्रवार बिहान ११ बजेदेखि निर्वाचन हुने तालिका सार्वजनिक गरिएको छ।
एमाले, पर्सा दुई गुटमा विभाजित भएको छ। एउटा गुटको नेतृत्व केन्द्रीय सदस्य रामचन्द्र गुप्ता, अरविन्द सिंह र प्रदेश उपाध्यक्ष्F विचारी यादव, बसरुद्दीन अन्सारी, पूर्वनगरप्रमुख विजय सरावगी रहेका छन् भने अर्को गुटको नेतृत्व केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा लगायतले गरेका छन्।
गुटबाजी भएकै कारण सहमतिको प्रयास अन्तिम समयसम्म सफल हुन सकेन। अध्यक्षमा सहमति भएर दुईजनाले उम्मेदवारी फिर्ता लिए पनि अन्य पदमा गुटगतरूपमा निर्वाचन हुँदैछ। अहिलेसम्म हजरा र देवकोटा पक्ष बलियो देखिएका छन् र त्यसैका उम्मेदवारहरू निर्वाचित हुने सम्भावना रहेको एकजना एमाले नेताले बताए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा नियन्त्रणका लागि वीरगंजका निजी अस्पतालहरू बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने

वीरगंज, ९ भदौ । पर्सा जिल्लामा झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै वीरगंजका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक...

सम्बन्धित खबर

- Advertisement -neelambads