search

छिपहरमाइमा राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साको स्वास्थ्य शिविर, १६५ जना लाभान्वित

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा ४ नम्बर क्षेत्रद्वारा छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आँखा तथा दाँत चेकजाँच शिविर सम्पन्न गरेको छ ।
रास्वपा क्षेत्र न ४ को आयोजना एवं वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालको प्राविधिक सहयोगमा आज शनिवार आँखा तथा दाँत सिबिर सम्पन्न भएको हो । शिबिरमा १६५ जना स्थानीयले आँखा तथा दातको चेकजाँच गराएका थिए । चेक गरिएकामध्ये २५ जनाभन्दा बढीलाई मोतियाबिन्दु पाइएको वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालका मेडिकल को अर्डिनेटर महेश सिंह धामीले बताउनु भयो । उनले मोतियाबिन्दु भएका बिरामीहरूको अप्रेसन पनि निःशुल्क गरिने बताए ।
यता रास्वपा पर्साले अब पर्साका ग्रामीण भेगहरूमा महिलाहरूमा बिद्यमान रहेको पाठेघर खस्ने तथा ग्रामीण महिलाका अन्य स्त्रीरोगको चेकजाँचको लागि पनि छिट्टै अर्काे शिविरको आयोजना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका प्रदेश सदस्य एवं होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले बताएका छन । उनले अब राष्ट्रिय स्वतन्त्र पार्टी आम जनतासंग प्रत्यक्ष जोडिएर काम गर्ने समेत बताए ।
रास्वपा ४ नम्बर क्षेत्रका क्षेत्रीय सभापति जितेन्द्र मिश्राको सभापतिŒवमा सम्पन्न सिबिरमा वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालका मेडिकल कोअर्डिनेटर महेश सिंह धामी, डेन्टिस डा अजय अस्थाना लगायतको टिमका साथै होटल तथा पर्यटन व्यवसायी संघ पर्सा अध्यक्ष एबम रास्वपा प्रदेश सदस्य हरि पन्त, रास्वपा केन्द्रिय सदस्य डा नन्दन यादव, जिल्ला संयोजक दिलिप कुर्मी, उपसंयोजक तुलसा अधिकारी, प्रदेश सदस्य सब्बु कंडेल, सुदिस प्रजापती, संगठन बिभाग उपप्रमुख प्रमोद राय माझी, शिक्षा बिभागका सोनालाल पटेल लगायतको समेत सहभागीता थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads