search

पर्सालाई पूर्ण खोप जिल्ला घोषणा गर्न अनुगमन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ वैशाख/ आगामी जेठ ३ गते पर्सा जिल्ला पूर्णखोप जिल्ला घोषित हुन गइरहेको छ । सोही कार्यलाई मूर्तरूप दिन सोमवारदेखि यसअघि पूर्णखोप घोषित भएका १० वटा पालिकाको अनुगमन शुरू भएको छ ।
यस वर्ष धोबिनी, पकाहामैनपुर, विन्ध्यवासिनी र कालिकामाई गाउँपालिका गरी चारवटा पालिका पूर्णखोप पालिका घोषित भएका थिए । यी चारबाहेक वीरगंज महानगरपालिका, पोखरिया, पर्सागढी, बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी, पटेर्वासुगौली, ठोरी, जीराभवानी, जगरनाथपुर, छिपहरमाई गापामा छडके खोप अनुगमन शुरू भएको स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहले बताए ।
स्वास्थ्य अधिकृत मल्लिका श्रेष्ठको नेतृत्वमा दुईवटा समूहबाट १० वटा पालिकाका स्वास्थ्य कार्यालयमा छड्के खोप अनुगमन भएको र यो तीन दिनसम्म सञ्चालन हुने उनले बताए । लक्षित समूहका बालबालिकाहरूले खोप पाए/नपाएको बारे टोलीले अनुगमन गर्ने उनले बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads