search

बहुदरमाईमा महिलामाथि बलात्कार

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २७ वैशाख/ बहुदरमाई नगरपालिका–४ डोकैला बहुअरीमा एकजना विवाहित महिला बलात्कारको शिकार भएकी छन् । स्थानीय एकजनाले उनलाई वैशाख १२ गते बलात्कार गरेको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्ष्Fक मोहन विक्रम केसीले बताए ।
उनले बलात्कारको शिकार भएकी महिलाको स्वास्थ्य परीक्ष्Fण गरिएको र अभियुक्तविरूद्ध पक्राउ पूर्जी जारी गरिएको बताएका छन् । दिउँसो खेतमा काम गरेकी महिलालाई पारिश्रमिक दिने बहानामा ती व्यक्ति निजको घरमा गएको र पति बाहिर गएको तथा दुईजना सन्तान घरमै रहेको अवस्थामा जबरजस्ती करणी गरेको महिलाले प्रहरीलाई बताएकी छन् । आरोपीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको र निजविरूद्ध पक्राउ पूर्जी जारी गरिएको प्रनि केसीले बताए । आरोपी हाल फरार रहेको र निजको खोजी भइरहेको उनले जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads