search

spot_img
spot_img

डिजे प्रस्तोताको हत्याको प्रयास

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २७ वैशाख/ प्रसौनी गाउँपालिका–३ नौतनमा एकजना डिजे प्रस्तोताको हत्याको प्रयास भएको छ । २० वर्षीय सुकेश साह कानूको हत्या प्रयास भएको र सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, बाराको अगुवाइमा बिहीवार दुईजनालाई पक्राउ गरिएको छ ।
वैशाख २४ गते राति १ बजे सुकेश साह कानूलाई स्थानीय राजकुमार साह तेली र निजका ज्वाइँ राजेश साह तेली तथा छोरा सुरेश साह तेलीले छतबाट खसाएका थिए । राजकुमारको घरमा सो दिन छठियारको कार्यक्रम चलिरहेको थियो र डिजे प्रस्तोता कानूलाई मदिरा सेवन गराएर मध्यरातसम्म डिजे बजाउन दबाव दिएको थियो । राति १ बजेपछि उनले डिजे बजाउन नमानेपछि उनलाई छतबाट धकेलेको प्रहरीले जनाएको छ।
घाइते सुकेशको अहिले वयोधा अस्पतालमा उपचार भइरहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय, प्रसौनीले अभियुक्त तीनैजनालाई पक्राउ गरेको थियो तर हिजो बयानपछि हाजिरी जमानीमा छाडेको र आज बिहान सोविरूद्ध स्थानीयले इलाका प्रहरी कार्यालयमा प्रदर्शन गरेका थिए । घटनाबारे जिप्रका, बाराका प्रहरी उपरीक्षकले जानकारी लिएर अभियुक्त राजकुमार र निजका ज्वाईं राजेशलाई पक्राउ गर्न निर्देशन दिएको र उनीहरू दुवै पक्राउ परे पनि छोरा सुरेश साह तेली भने फरार छन् ।
घटनाबारेमा पीडितकी आमा उषा कानूले इप्रकामा ठाडो उजूरी दिएकी थिइन् भने जिप्रकामा बिहीवार जाहेरी दिएको बताइएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads