search

spot_img
spot_img

वीरगंजमा सरकारी स्कूलको २७ जना प्रअको सरुवा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ वैशाख/ वीरगंज महानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमध्ये आधारभूत तहमा सञ्चालित २७ वटा विद्यालयका प्रधानाध्यापकको सरुवा भएको छ । महानगर अन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापकहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
तर महानगरको शैक्षिक प्रशासन महाशाखाले शिक्षा समितिमार्फत प्रअहरूको सरुवा गरेकोमा कुन विद्यालयमा कसलाई पठाएको हो भन्नेबारेमा पूर्ण विवरणसहितको सूचना सार्वजनिक गरेको छैन । महानगर स्रोतका अनुसार सरुवाबाट शैक्षिक गुणस्तरमा सुधार हुने र नयाँ वातावरणमा राम्रो काम गरेर देखाउन प्रअ अभिप्रेरित हुने उद्देश्यले सरुवा गरिएको हो । केही दिनमैं सरुवा गरिएका प्रअहरूको चिठी विद्यालयमा जाने र रमाना लिएर नयाँ विद्यालयमा प्रअहरूलाई पठाउने तयारी भइरहेको जनाइएको छ । महानगरमा करीब ५५ वटा प्रावि विद्यालय छन् । जसमध्ये विभिन्न वडाका २७ वटा प्रावि विद्यालयका प्रअहरूको सरुवा गरिएको हो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads