वीरगंज, २९ वैशाख/ दक्ष जनशक्ति चिकित्सकहरू पलायन भइरहेकाले आगामी दिनमा स्वास्थ्य उपचार सेवामा समस्या आउने डा नीरजकुमार सिंहले बताएका छन् । शनिवार पब्लिक हेल्थ स्टोरी स्वास्थ्य पत्रिकाको विमोचन गर्दै डा सिंहले नेपालबाट दक्ष चिकित्सकहरू पलायन भइरहेका तर यस विषयमा सरकारले चासो नदेखाएको आरोप लगाए ।
उनले विकासको नाममा कमसल सडक, नाला बनाउने काम मात्र भएको तर शिक्षा र स्वास्थ्यमा भने खासै ध्यान नदिएको गुनासो गरे । उनले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति हटाउन स्वास्थ्य पत्रिकाले महŒवपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
पत्रकार महेश दासले आफ्नो तीन दशकको पत्रिकारिता पेशाबाट विराम लिएर राजनीतिमा सक्रिय भई समाज परिवर्तनको दिशामा लाग्ने बताए । उनी एमाले पर्साको नवौं अधिवेशनबाट सचिवमा निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले मोफसलमा स्वास्थ्य पत्रिका सञ्चालनमा आएकोमा खुशी व्यक्त गरे । उनले वीरगंजमा आर्थिक, खेलकूद, चलचित्र, स्वास्थ्य, शिक्षा र पर्यटन विधामा कलम चलाउन थालिएकाले पत्रकारिता क्षेत्रमा यो राम्रो सङ्केत भएको जिकिर गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुर, डा अशोकराज ठाकुर, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पब्लिक एफएमका निर्देशक शम्भु महतो थारूको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका सहसम्पादक मनोजकुमार मिश्रले स्वागत र कार्यकारी सम्पादक राजेन्द्र सिंहले सहजीकरण गरेका थिए ।

Facebook Comments Box