search

spot_img
spot_img

गलत खोप प्रयोगले हिमाल आयरनका मजदूरको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३० वैशाख/ चिकित्सकले सिफारिश गरेको खोपभन्दा फरक खोप लगाउँदा एकजनाको मृत्यु भएको छ । मकवानपुर, हेटौंडा नगरपालिकाका बासिन्दा हाल हिमाल आयरन प्रालि परवानीपुरमा क्वालिटी चेकअप पदमा कार्यरत प्रेमलाल महर्जनको गएराति मृत्यु भएको हो ।
वीरगंजको गण्डकस्थित वयोधा अस्पतालमा अचेत अवस्थामा भर्ना भएका महर्जनको राति ७ः३० बजे अस्पतालले मृत घोषित गरेको थियो । ६ः३० बजे वयोधा अस्पतालका चिकित्सक डा अनुराग सिंहद्वारा प्रेसक्राइब खोप फरक पर्दा उनी बेहोश भएर लडेका थिए । मृतकका परिवारजनले चिकित्सकको पुर्जी देखाएर वीरगंज लिङ्करोडस्थित मनोज मेडिकल हलबाट उक्त खोप खरीद गरेका थिए ।
मिर्गौलारोगबाट पीडितसमेत रहेको महर्जनको डायलासिस गर्नुपूर्व अन्य रोगबाट बचाउको लागि चिकित्सकले खोप लेखेकामा मनोज मेडिकलबाट नेपालमा प्रतिबन्धित भारतीय ब्रान्डको स्टेरोइड खोप दिंदा उनको मृत्यु भएको वयोधा अस्पतालका चिकित्सकहरूले विश्लेषण गरेका छन् ।
ज्योति फार्म अन्तर्गत रहेको ज्योति हेल्थ क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी रामाकान्त साहले उक्त खोप लगाएका थिए । उनको मृत्युपछि परिवारजन आक्रोशित छन् भने प्रहरीमा जाहेरीसमेत परेको छ ।
यस विषयमा पर्सा प्रहरीले खोप दिने स्वास्थ्यकर्मी र खोप बिक्री गर्ने औषधिपसलमाथि अनुसन्धान गरिरहेको जनाएको छ । महर्जनको शव शल्यपरीक्षणपछि आज दिउँसो हेटौंडामा अन्त्येष्टि गरिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा नियन्त्रणका लागि वीरगंजका निजी अस्पतालहरू बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने

वीरगंज, ९ भदौ । पर्सा जिल्लामा झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै वीरगंजका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक...

सम्बन्धित खबर

- Advertisement -neelambads