search

spot_img
spot_img

बालिकालाई ठक्कर दिने कारचालकद्वारा मापसे

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

मृतक बालिकाका पिता ऋषिमुनि कानू ।
परवानीपुर, ३० वैशाख/ गत वैशाख २५ गते वीरगंज–कलैया सडकखण्ड अन्तर्गतको बहुअरीमा भएको सडक दुर्घटनामा मृत्यु भएकी छ वर्षीया बालिकाको घटनामा कारचालकले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
बारा, सिम्रौनगढ नगरपालिका–९ बसवरिया बस्ने हवलदार मुकेशप्रसाद यादवले मापसे गरी उक्त कार तीव्र गतिमा चलाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
कलैयाबाट वीरगंज आउँदै गरेको डिएल१सिएच २३६० भारतीय नम्बरको कारले परवानीपुर गाउँपालिका–५ एलएस न्युरो अस्पतालअगाडि सोही स्थानकी ऋषिमुनि साह कानूकी छ वर्षीया छोरीलाई दिउँसो २ः१५ बजे ठक्कर दिएको थियो । कार तीव्र गतिमा भएको कारण बालिका सडकको दक्षिणतर्पmको नालामा ठक्कर लागेर खसेकी थिइन् र कारको दुवै चक्का पड्केर उत्तरतर्फको नालामा खसेको थियो । कारमा सवार भारत, बिहार, मोतीहारी, भदहज बस्ने २७ वर्षीय मनीषकुमार यादव, मुकेशको फुपूका छोरा हुन् । मनीष र मुकेश कलैयाबाट मापसे गरी वीरगंज आइरहेका थिए ।
यस घटनामा दुवैजना अहिले प्रहरी हिरासतमा छन् । परिवारजनले ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएर कारबाईको लागि माग गरेका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads