search

spot_img
spot_img

वैदेशिक रोजगारमा दुबई गएका तीन सय नेपाली पीडामा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ वैशाख/ वैदेशिक रोजगारमा नेपालबाट विभिन्न म्यानपावर कम्पनीबाट दुबई गएका तीन सय नेपाली अहिले पीडामा छन् । अञ्जली, नीलकमल र तिलगङ्गा ओभरसिजबाट दुबईको जबलहलीस्थित मेरेस्को कन्स्ट्रक्शनमा कामका लागि पठाइएका तीन सयजना नेपाली मजदूरलाई तोकिए बमोजिमको सेवासुविधाहरू नदिएको र सोविरुद्ध आवाज उठाउँदा अहिले उनीहरूलाई खान, बस्नबाट पनि वञ्चित गरिएको बताइएको छ ।
नेपालबाट रोजगारका लागि दुबई गएका पर्सा जिल्ला मुडलीका २४ वर्षीय नीरजकुमार चौरसियाले म्यानपावर कम्पनीले एक हजार १५० दिनार मासिक तलब पाउने भनेर पठाएको तर त्यहाँ ७५० दिनार मात्र पाएको बताए । तीन महीना अघि वैदेशिक रोजगारमा गएका उनले अहिले भने अनुसारको मासिक तलब सेवासुविधा माग गर्दा कम्पनीले खान र बस्नबाट पनि वञ्चित गरेको आरोप लगाएका छन् ।
सिन्धुली जिल्ला बालाजुरी गापा–३ बस्ने चमारा सिंहले पनि म्यानपावर कम्पनीहरूले भनेर पठाए अनुसारको सेवासुविधाबाट वञ्चित पारिएको र सोको विरोध गर्दा खान, बस्न नदिइएको बताए । अहिले मेरेस्को कन्स्ट्रक्शनमा तीन सय नेपालीले सोही पीडा भोगिरहेको उनले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा नियन्त्रणका लागि वीरगंजका निजी अस्पतालहरू बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने

वीरगंज, ९ भदौ । पर्सा जिल्लामा झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै वीरगंजका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक...

सम्बन्धित खबर

- Advertisement -neelambads