search

अनधिकृत कार्यलाई बढावा दिन्न –प्रउ खड्का

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३ जेठ/ बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले आफ्नो कार्यकालमा कुनै पनि प्रकारका अनधिकृत कार्यलाई बढावा नदिने बताएका छन्। प्रतीक दैनिकसँगको कुराकानीमा उनले आफूले जिल्लाको कार्यभार सम्हालेपछि सामाजिक, आर्थिक अपराधहरूलाई न्यूनीकरण गर्नेगरी काम अगाडि बढाएको दाबी गरे।
उनले सीमामा रहेका सबै चौकी इन्चार्जलाई भन्सार छलीका सामान नियन्त्रणमा तदारूकता देखाउन र उनीहरूले गलत गरेको पाइए विभागीय कारबाईको भागीदारी हुने चेतावनी पनि दिएको बताए। प्रउ खडकाले जिप्रका, बारामा अहिले बिचौलियालाई निषेध गरिएको र सेवाग्राहीहरू आफैं आएर सहजरूपमा सेवा लिन सक्ने वातावरण बनाएको बताए। उनले बिचौलियाविना सेवाग्राहीहरू कार्यालयमा प्रवेश गर्न नसक्ने वातावरणलाई आफूले नियन्त्रणमा ल्याएको दाबी पनि गरे। उनले जिप्रका, बारा बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने र सो क्रममा सबैखाले गुनासा, उजूरी सुन्ने र सोको समाधान गर्नेतर्फ इमानदार प्रयास रहने दाबी गरे।
प्रउ खड्काले रूपेश हत्याकाण्डको बारेमा पनि अनुसन्धान भइरहेको र सो घटनाका मुख्य अभियुक्तलाई चाँडै पक्राउ गरी कानूनको दायरामा ल्याउने बताए। रूपेश हत्याकाण्डमा सातजना पक्राउ परेका र त्यसमध्ये तीनजना छुटेका र चारजना पुर्पक्षको लागि वीरगंज सुधारगृह (कारागार)मा छन्।
बारा जिल्लामा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धमा परेका उजूरी सम्बन्धमा मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले छानबीन गरिरहेको बताइएको छ। मधेस प्रदेशको टोलीले अनुचित लेनदेनका साथै जिल्ला प्रहरी कार्यालय, बाराबाट गरिने सेवाप्रवाहबारेमा बुझ्ने काम पनि गरिरहेको जनाइएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads